Headline

आक्रमक रुबिनाको ५६ बलमै १ सय २९ रन

Published

on

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीले प्रदेश १ प्रधानमन्त्री कप छनोट क्रिकेट प्रतियोगितामा आक्रमक शतक बनाएकी छिन् ।

तेश्रो दिनमा चलिरहेको प्रतियोगितामा झापा टोलीका लागि खेल्ने क्रममा रुबिनाले ५६ बलमै १ सय २९ रन बनाइन् । निकै नै आक्रमक ब्याटिङ्ग गरेकी रुबिनाले १५ चौका र ९ छक्का प्रहार गरेकी थिइन् । उनको इनिङ्गसपछि झापाले काकडभिट्टाबिरुद्ध २० ओभरमा मात्र दुई विकेट गुमाउदै २ सय ६७ रनको बिशाल योगफल तयार पार्यो ।

रुबिना बाहेक अप्सरी बेगमले पनि झापाका लागि ४१ बलमा ६१ रन बनाएकी थिइन् । पायल मगर र संगम तामाङले काकडभिट्टाका लागि समान एक विकेट लिएका थिए ।

जवाफमा काकडभिट्टा १९ दशमलव दुई ओभरमा ५६ रनमै समेटियो । झापाका लागि एलिसा खडियाले मात्र दुई रन खर्चदै तीन विकेट लिइन् भने ज्योति दनुवारले पनि एक रनमात्र दिएर दुई विकेट लिएकी थिइन् ।

तीन टिम सम्मिलित छनोट प्रतियोगिताको फाइनल सोमबार हुनेछ । फाइनलमा झापाले मोरङको सामना गर्नेछ । लिग चरणमा पनि रुबिनाको झापाले मोरङलाई हराएको थियो ।

Click to comment

Trending