Headline

भारतले अष्ट्रेलियासँग ब्यहोरेको लज्जास्पद हार नम्बरमा

Published

on

भारतले घरेलु टोली अष्ट्रेलिया विरुद्धको पहिलो टेस्ट म्याचमा शनिबार आठ विकेटको लज्जास्पद हारको सामना गर्यो । पहिलो पारीमा ५३ रनको अग्रता लिन सफल भारत आफ्नो दोश्रो पारीमा मात्र ३६ रनमा समेटिएपछि अष्ट्रेलिया तेश्रो दिनको ३७ औं ओभरमै जित भेट्टायो ।

यस खेलका केहि तथ्यांक यहाँ हामीले प्रस्तुत गरेका छौं ।

३६ – यो भारतको टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा सानो योगफल हो । यस अघि भारतको सबैभन्दा सानो योगफल इंग्ल्यान्ड विरुद्ध रहेको थियो । सन् १९९७ मा भएको उक्त टेस्टमा भारत मात्र ४२ रनमा समेटिएको थियो । अष्ट्रेलिया विरुद्ध यस अघिको भारतको खराब प्रदर्शन सन् १९४७ मा थियो । उक्त टेस्टमा भारत मात्र ५८ रनमा अलआउट हुन पुगेको थियो ।

१ – कुनै पनि टेस्ट क्रिकेटको इतिहासमा पुरै ११ जना ब्याट्सम्यान र अतिरिक्त रन दुबैले दोहोरो अंकमा छुन सकेनन् । भारत ३६ रनमा आउट हुँदा ओपनर मायंक अगरवालले नै सर्वाधिक ९ं रन बनाए । यस अघि सन् १९२४ मा दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानहरुले इंग्ल्यान्ड विरुद्धको टेस्टमा दोहोरो अंकमा रन जोड्न नसके पनि अतिरिक्त रन मार्फत ११ रन बनेको थियो ।

१९ – भारतले शुरुवाती ६ विकेट गुमाउँदा १९ रन मात्र जोड्न सक्यो जुन उनीहरुको सबैभन्दा खराब प्रदर्शन हो । यस अघि उसको खराब प्रदर्शन २५ रनमा ६ विकेट रहेको थियो ।

२५ – जोश हेजलउडले आफ्नो पाँच विकेट हात पार्ने क्रममा फ्याकेका बल । यस अघि अष्ट्रेलियाका अर्नि टोस्याकले भारत विरुद्ध नै सन् १९४७–४८ मा आफ्नो स्पेलको १९ बलमा पाँच बिकेट लिएका थिए ।

८ – हेजलउडले पाँच विकेट लिने क्रममा खर्चिएका रन । पाँच ओभर बलिङ गरेका उनले तीन मेडन ओभर सहित आठ रन खर्चिएका हुन् । यस अघि दुई पटक मात्र अष्ट्रेलियन बलरहरुले पाँच विकेट लिने क्रममा कम रन खर्चिएका थिए ।

३१ – अष्ट्रेलियाका तिब्र गतिका बलर प्याट कमिन्सले आफ्नो ३१ औ खेलमा १ सय ५० विकेट पुरा गरे । उनी डेनिस लिली, शेन वार्न र स्टुवार्ट म्याकगिलसँगै अष्ट्रेलियाको तर्फबाट थोरै टेस्टमा १ सय ५० विकेट लिने बलरको सुचीमा दोश्रो नम्बरमा उक्लिए । सबैभन्दा कम खेलमा १ सय ५० विकेट लिने किर्तिमान भने क्लेरी ग्रिमेटको नाममा रहेको छ । उनले मात्र २८ टेस्ट उक्त कोशेढुँगा पुरा गरेका थिए ।

१९ – भारतका मायंक अगरवालले १९ टेस्ट खेल्दै टेस्ट क्रिकेटमा आफ्नो एक हजार रन पुरा गरे । भारतको तर्फबाट कम टेस्टमा एक हजार रन पुरा गर्ने खेलाडीको सुचीमा उनी तेश्रो नम्बरमा छन् । बिनोद काम्बलीले १४ तथा चेतेश्वर पुजाराले १८ टेस्टमा एक हजार रन पुरा गरेका थिए ।

१ – भारतीय कप्तान बिराट कोहलीले कुनै पनि टेस्टमा टस जित्दा पहिलो पटक खेलमा हारको सामना गरेका हुन् । यस अघि २५ खेलमा कोहलीले टस जित्दा भारतले २१ खेलमा जित दर्ता गराएको थियो भने चार खेल बराबरीमा सकिएको थियो ।

८ – अष्ट्रेलियाले लगातार आठ डे–नाइट टेस्टमा जित हात पारेको छ । उसले अहिले सम्म डे–नाइट टेस्टमा हारको सामना गरेको छैन ।

Click to comment

Trending