Headline

गम्भिर चोट बोकेका बिमल एक बर्षका लागि मैदान बाहिर

Published

on

स्ट्राइकर बिमल घर्ती मगरको राष्ट्रिय टोलीमा पुनरागमन गर्ने आशामा नराम्ररी धक्का लागेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका दौरान शुक्रबार भएको अभ्यास खेलमा गम्भिर चोट लागेपछि बिमल कम्तिमा पनि एक बर्ष मैदान बाहिर रहने भएका छन् ।

बिमलले ल्याण्डिङ्गको दौरान घुँडामा चोट बाकेको र एमआरआई गरेपछि उनलाई तीन ठाँउमा गम्भिर चोट नै भएको पत्ता लागेको थियो । बिमललाई प्रशिक्षक बालगोपाल महर्जनले बोलाउदा उनलाई एक बर्षपछि राष्ट्रिय टोलीमा फर्कने ढोका खुलेको थियो ।

बिमलको एसिएल, एमएसिएल र मेनिस्कस च्यत्तिएको प्रारम्भिक रिपोर्टमा देखिएको छ । यो सबै स्पोर्ट्स इन्जुरीमै पर्छ भने शल्यक्रियापछि पनि लामो समय रिह्याबिलिटेसनमा जानु पर्ने हुन्छ ।

राष्ट्रिय टोलीमा बिमल सहित ५८ खेलाडीहरु प्रशिक्षमा रहेका छन् भने महर्जनले दुई फरक समुहमा खेलाडीहरुलाई प्रशिक्षण दिदै आएका छन् । शुक्रबार सहभागी खेलाडीहरुलाई दुई टिममा बिभाजन गर्दै खेल खलाइएको थियो ।

Click to comment

Trending