अन्तर्राष्ट्रिय

अबु धाबी टि–टेन लिगमा मेन्टरको रुपमा रहेका पारसले के गर्नेछन् ?

Published

on

अबु धाबी टि–टेन लिगका लागि टिम अबु धाबीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्कालाई शुक्रबार आफ्नो मेन्टर नियुक्त गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्यो ।

पारसले उक्त प्रतियोगिताको अघिल्लो संस्करणमा अबु धाबीबाट नै खेलेका थिए । तर यस बर्ष भने पारसको भूमिका परिवर्तन भएको छ । अघिल्लो संस्करणमा तीन खेल मात्र खेल्ने मौका पाएका पारसले दुई खेलमा जम्मा चार बल मात्र खेल्न पाएका थिए भने आफ्नो ब्याटबाट चार रन जोडेका थिए ।

त्यस्तै उनले एक खेलमा मात्र बलिङ गर्ने मौका प्राप्त गर्दा दुई ओभरमा ३० रन खर्चिएर एक विकेट लिएका थिए ।

क्रिकेटिंङ्गनेपालसँग कुरा गर्दै पारसले आयोजक र बिशेष गरि टिम अबु धाबीसँगको छलफल पछि नै आफुले मेन्टरको भूमिका रोजेको जनाए । त्यस्तै पारसले आफु मेन्टर हुँदा नेपाली क्रिकेट र नेपाली युवा खेलाडीले मौका प्राप्त गर्नेमा आशावादी रहेको धारणा राखे ।

“मलाई टिम अबु धाबी ले करिब दुई महिना अघि नै सम्पर्क गरेर अक्सनमा जाने वा मेन्टरको भूमिका निर्वाह गर्ने भनेर सोधेका थिए । मैले आफैले यो भूमिका रोज्ने निर्णय लिएको हो,” पारसले भने । “यसले गर्दा अब नेपाली खेलाडीले पनि टि–टेन मा खेल्ने मौका प्राप्त गर्ने अवसर जुर्नेछ । मैलें पनि आफ्नो टोलीलाई नेपाली खेलाडीलाई के कसरी आबद्ध गराउन सकिन्छ भनेर छलफल गरिरहेको छु ।”

त्यस्तै पारसले आफ्नो काम भनेको नेपाली मात्र नभएर फ्रेन्चाइजसँगको सहकार्यमा विदेशी युवा खेलाडी खोजि गर्ने पनि बताए । “शायद मेरो नयाँ भूमिकाले गर्दा आगामी दिनमा नेपाली खेलाडीले टि–टेन खेलेको देख्न पाइने छ ।”

गत बर्ष नोभेम्बरमा भएको प्रतियोगिता यस बर्ष कोरोनाका कारण समयमा हुन सकेन । अबु धाबी टि–टेन लिगको आगामी संस्करण अबु धाबी स्थित शेख जायद क्रिकेट रंगशालामा २०२१ जनवरी २८ देखि फेब्रुवरी ६ तारिखसम्म आयोजना हुदैछ ।

Click to comment

Trending