Headline

कतारले तयार पार्यो बिश्वकपका लागि ८ मध्ये चौथो स्टेडियम

Published

on

२०२२ को बिश्वपकको तयारी गरिरहेको कतार आफ्नो ८ मध्ये चौथो रँगशाला अल रयान स्टेडियमको उद्घाटन गरेको छ ।

शुक्रबार अमिर कप फाइनलमा अल साद र अल अरबीको खेल आयोजना गर्दै कतारले आफू बिश्वकपको लागि पूर्ण रुपले तयार भइसकेको स्पष्ट पारेको छ । पुर्व स्पेन मिडफिल्डर जाभि हर्नान्डेजको प्रशिक्षणमा रहेको अल सादले फाइनलमा अल अरबीलाई २–१ ले पराजित गर्दै १७ औं पटक अमिर कपको उपाधि उचाल्यो ।

अल सादको जितमा दुवै गोल अल्जेरियन फर्वार्ड बग्दाद बुनेद्जाह्ले गरेका थिए । “यो साच्चिकै सुन्दर रँगशाला हो,” फिफा अध्यक्ष जियानी इन्फान्टिनोले एक बिज्ञप्तिमा भनेका छन् ।

“मैदानसँगै सिटहरु नजिक रहेकाले यहाँको वातावरण अविश्वसनीय छ । २०२२ को बिश्वकप खेलहरु आयोजना गर्दा यो रँगशालाले फुटबलको लागि निकै उत्कृष्ट माहौल बनाउने छ । कतार बिश्वकपका लागि सही ढँगले तयार रहेको छ,” इन्फान्टिनोले भने ।

४० हजार सिट क्षमताको अल रयान स्टेडियमले बिश्वकपको प्रि–क्वार्टरफाइनलसम्मका गरेर कुल सात खेलको आयोजना गर्नेछ । बिश्वपकपछि अल रयानको वरिपरि रहेका ६ प्रशिक्षण मैदानहरुलाई स्थानीय समुदायका लागि क्षेत्रीय खेलकुद हबको रुपमा परिणत गरिनेछ ।

कतारले यसअघि नै खलिफा इन्टरन्यासनल, अल जनुब र एजुकेशन सिटी स्टेडियमको उद्घाटन गरिसकेको छ ।

Click to comment

Trending