Headline

डर्टमण्डका मुकोकोले बनाए बुन्डेसलिगामा नयाँ इतिहास

Published

on

बोरुसिया डर्टमण्ड स्ट्राइकर युसुफा मुकोको जर्मन बुन्डेसलिगा इतिहासकै सबैभन्दा कान्छा गोलकर्ता बनेका छन् । तर खराब लयबाट गुज्रिरहेको उनको टोली भने शुक्रबार युनियन बर्लिनसँग २–१ ले पराजित हुन पुग्यो ।

१६ बर्ष २८ दिनका मुकोकोले सशक्त प्रहार गरेपछि ५७ मिनेटमा एक गोलले पछि परेको डर्टमण्डले तीन मिनेटमै बराबरी गरेको थियो । हामीले उनलाई बधाइ दिनु पर्छ । यो एकदम बिशेष उपलब्धि हो, युनियन बर्लिनका कप्तान क्रिष्टोफर ट्रिमेलले भने ।

मुकोकोको जर्मन राजधानीमा यो दोश्रो कोशेढुँगा थियो । मैले बर्लिनमै (हर्था बर्लिनसँगको खेलमा) बुन्डेसलिगामा डेब्यु गरेको थिए । र आज पहिलो गोल पनि भयो । मैले यसलाई बयान नै गर्न सक्दिन, मुकोको भन्छन् ।

बराबरी गोल खाए पनि युनियन बर्लिनले मर्भिन फ्रेडरिचमार्फत दोश्रो गोल गर्दै उसले चौथो स्थानमा रहेको डर्टमण्डसँगको दुरी एक अंकले कम गरको छ । चोटका कारण प्रमुख स्ट्राइकर एर्लिङ्ग हालान्डलाई जनवरीसम्म गुमाएको डर्टमण्डको यो दोश्रो पराजय हो ।

हालान्डलाई चोटग्रस्त भएर गुमाए यता डर्टमण्डले तीन खेलमा जम्मा चार अंक मात्र बटुलेको छ । बुन्डेसलिगको अंक तालिकामा १२ खेलपछि बायर लेभरकुसन २८ अंकका साथ पहिलो, डिफेन्डिङ्ग च्याम्पियन बायर्न म्युनिख २७ अंकका साथ दोश्रो र आरबी लाइपजिग पनि उति नै अंकका साथ गोल अन्तरले तेश्रो स्थानमा रहेको छ ।

Click to comment

Trending