Headline

वेन रुनीका ११ बर्षिय छोराले गरे युनाइटेडसँग सम्झौता

Published

on

इङ्गल्याण्डका पुर्व फर्वार्ड वेन रुनीका ११ बर्षिय छोरा काइले आफ्नो बुवालाई पछ्याउदै इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता गरेका छन् ।

टिनऐजरको रुपमा एभर्टनबाट २००४ मा टिनएज फुटबलरका रुपमा युनाइटेड गएका रुनीले इन्स्टाग्राममा काइसँगको एक तस्विर राख्दै आफ्नो छोरा म्यानचेस्टर युनाइटेडसँग आबद्ध भएको बताएका हुन् । “म आज निकै गौरवान्वित महसुस गरिरहेको छु । काइ धेरै मिहिनेत गरिरहेका छन् । उनी फुटबललाई निरन्तरता दिन कै लागि हामीसँग अमेरिका आएका छन्,” रुनीले लेखेका छन् ।

“उनी युनाइटेडमा ट्रायलको लागि गएका थिए र प्रशिक्षकहरु उनीबाट निकै प्रभावित पनि भएका छन् । उनले युनाइटेडमा आबद्ध हुनको लागि कागजपत्रमा तयार पारिसकेका छन्,” हाल डर्बि काउन्टीको अन्तरिम प्रशिक्षक रहेका रुनीले भने ।

पुर्व इङ्गल्याण्ड कप्तान रुनीले आफ्नो १३ बर्षे चम्किलो युनाइटेड करिअरमा ५ सय ५९ खेल खेल्दै २ सय ५३ गोल गरेका थिए । यस क्रममा उनी लामो समयदेखि बबी चार्लटनले राखेको सर्वाधिक गोलको किर्तिमान पनि तोड्न सफल भएका थिए ।

मेजर लिग क्लब डिसि युनाइटेडका लागि पनि खेलेका रुनीले काइलाई अन्य बिकल्प रहेपनि उनले युनाइटेड नै रोजेको बताए । उनीसँग अन्य क्लबहरु जाने बिकल्प पनि रहेको थियो । तर उनले युनाइटेडसँग सम्झौता गर्ने निर्णय लिए । यो उनको निर्णय हो, मेरो होइन, रुनीले भने ।

Click to comment

Trending