अन्तर्राष्ट्रिय

दोश्रो दिन भारतको पकडमा

Published

on

घरेलु टोली अष्ट्रेलियाका विरुद्धको पहिलो टेस्टको दोश्रो दिन भारतले पकड जमाउन सफल भएको छ ।

पहिलो पारीमा २४४ रनको सानो योगफलमा समेटिएको भारतले अष्ट्रेलियालाई पहिलो पारीमा १९१ रनमा रोक्दै ४३ रनको अग्रता लिन सक्यो । आज नै आफ्नो दोश्रो पारी सुरु गरेको भारतले दिनको समाप्तीमा एक विकेटको नोक्सानीमा १९ रन जोड्दै समग्रमा ६२ रनको अग्रता कायम गरेको छ ।

पहिलो पारीमा डक आउट भएका पृथ्वी शले आज पनि चार रन भन्दा जोड्न सकेनन् । दिनको खेल संकिंदा मायंक अगरवाल पाँच रनमा अविजित रहेका छन् भने नाइट वाचम्यानका रुपमा क्रिजमा आएका जस्प्रित बुम्राले ११ बल खेलेका छन् भने रनको खाता खोल्न सकेका छैनन् ।

भारतले बनाएको २४४ रन पक्ष्याएको अष्ट्रेलियाले सुरवात नै राम्रो गर्न सकेनन् । उसका ओपनरद्वय म्याथ्यु वेड र जो बर्न्स समान ८-८ रनमा आउट भए भने स्टिभ स्मिथले पनि एक रन भन्दा जोड्न सकेनन् । ट्राभिस हेड सात तथा क्यामरुन ग्रिन ११ रनमा तथा मार्नस लाबुशन ४७ रनमा पेभेलियन फर्किए ।

७९ रनमा पाँच विकेट गुमाएको अष्ट्रेलियाको लागि कप्तान टिम पेनले अविजित ७३ रन जोड्दै भारतको अग्रता कम गर्न सफल रहे ।

अष्ट्रेलियालाई सास्तैमा रोक्ने क्रममा रविचन्द्रन अश्विनले सर्वाधिक चार विकेट लिए भने उमेश यादव र जस्प्रित बुम्राले क्रमश तीन र दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको भारतले पहिलो दिनको खेलको समाप्तीमा ८९ ओभर खेल्दै छ विकेट गुमाएर २३३ रन मात्र बनाउन सकेको थियो भने दोश्रो दिन ११ रन जोड्दा बाँकी छ विकेट गुमाउँदै २४४ रनमा समेटिएको हो ।

भारतको तर्फबाट कप्तान कोहलीले सर्वाधिक ७४ रन बनाए भने चेतेश्वर पुजाराले ४३ तथा अजिंक्य रहानेले ४२ रनको पारी खेले ।

भारतले सुरुवात राम्रो गर्न सकेन । ओपनर पृथ्वी श दुई बल खेल्दै मिचेल स्टार्कको बलमा डक आउट हुन पुगे भने अर्का ओपनर मायंक अगरवालले पनि १७ रन भन्दा जोड्न सकेनन् ।

त्यस पछि आएका पुजारा र विराट कोहली तेश्रो विकेटका लागि ६८ रन जोड्दै भारतको पारी सम्हाल्ने प्रयास गरे । तर १६० बलको सामना गरेका नाथन लायोनको शिकार बन्न पुगे। टेस्ट क्रिकेटमा आफ्नो २३ औं अर्धशतक बनाएका कोहलीले रहानेसँग चौथों विकेटका लागि ८८ रन जोडे पछि दुर्भाग्यपूर्ण रनआउट हुन पुगे ।

कोहली आउट भए पछि रहाने पनि धेरै क्रिजमा टिक्न सकेनन् भने हनुमान बिहारीले पनि १६ रन भन्दा जोड्न सकेनन्।

भारतलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका तिब्र गतिका बलरहरु मिचेल स्टार्कले सर्वाधिक चार विकेट लिए भने अर्का तिब्र गतिका बलर प्याट कमिन्सले पनि तीन विकेट हात पारे भने जस हेजलउड र नाथन लायोनले समान १-१ विकेट हात पारे।

स्टार्कले २१ ओभरमा पाँच मेडन ओभर सहित ५३ रन खर्चिए भने कमिन्सले २१ दशमलब एक ओभरमा सात मेडन सहित ४८ रन दिए ।

Click to comment

Trending