लेख

पिपल्स च्वाईस अवार्डको मनोनयनमा गौरिका, अरुणा, सदिना, साबित्रा र मन्डेकाजी

Published

on

१३ औं दक्षिण एसियाली खेलकुदकी चार स्वर्ण पदक बिजेता गौरिका सिँह, दोहोरो स्वर्ण बिजेता मण्डेकाजी श्रेष्ठ, महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, भलिबल टोलीकी कप्तान अरुणा शाही र फुटबलर साबित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।

पहिलो पटक अनलाइन भोटिङ्गमार्फत बिजेता घोषित हुन गइरहेको यस बिधामा पाँचै खेलाडी दक्षिण एसियाली खेलकुदकै प्रदर्शनको आधारमा मनोनयनमा परेका हुन् । स्विमर गौरिकाले दक्षिण एसियाली खेलकुद इतिहासकै सवोत्कृष्ट खेलाडी बन्ने क्रममा नेपालमा सम्पन्न प्रतियोगितामा चार स्वर्ण जितेकी थिइन् । यसो गर्ने उनी पहिलो खेलाडी हुन् ।

कराते खेलाडी मण्डेकाजीले एकल काता र टिम कातामा स्वर्ण जितेका थिए भने सदिन र अरुणाको नेतृत्वमा नेपाली महिला बास्केटबल र भलिबल टोली इतिहासमै पहिलो पटक दक्षिण एसियाली खेलकुदको फाइनल पुगेको थियो । सावित्राकै उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपाल पोखरामा सम्पन्न महिला फुटबलको फाइनल प्रवेश गरेको थियो ।

पिपल्स च्वाइस अवार्ड मञ्चले बर्षेनी गर्दै आएको नेपालकै प्रतिष्ठित खेलकुद पुरस्कारको ८ बिधा मध्येको एक हो । मञ्चले बर्ष खेलाडी महिला, पुरुष, युवा, बर्ष प्रशिक्षक, पारा एथ्लिट, स्पेसल अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड सहितका बिधाहरुमा खेलाडी तथा खेल व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ ।

कोरोना भाइरसका कारण ६ महिना पछाडी धकेलिएको यो अवार्ड यस बर्ष भर्चुवल रुपमा पौष २८ गते सातदोबादोस्थित कराते हलमा हुदैछ ।

ई–सेवासँग सम्झौता

मञ्चले पिपल्स च्वाइस अवार्डका लागि पहिलो पटक नेपालकै लोकप्रिय बिधुतीय भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवालाई भोटिङ्ग पार्ट्नर बनाएको हो । यसअघि मञ्चको भोटिङ्ग पार्ट्नरमा टिएचटी लाइभ रहदै आएको थियो ।

डिजिटल पेमेन्ट पार्ट्नरको रुपमा ई–सेवा र मञ्चले शुक्रबार नै एक सम्झौता गरेका छन् । सम्झौता पत्रमा मञ्चका महासचिव प्रज्वल ओली र ई–सेवाका सिओओ रोशन लामिछानेले हस्ताक्षर गरेका थिए ।

सँम्झौता पत्र साटासाट गर्दै मञ्चका महासचिव प्रज्वल ओली र ई–सेवा सिओओ रोशन लामिछाने, साथमा मञ्चका बरिष्ठ उपाध्यक्ष सञ्जिव शिल्पकार ।

ई–सेवासँगको सम्झौतापछि यस पटकको मनोनयनका लागि एसएमएस गर्न नपर्ने भएको छ । भोटिङका लागि ई–सेवाको एप्लिकेशन डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने छ । शुक्रबार देखिनै शुरु भएको भोटिङ्ग पौष २७ गते राति १२ बजेसम्मका लागि रहनेछ ।

विगतमा जस्तै उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउनेछन् ।

Click to comment

Trending