Headline

फिफा ‘द बेस्ट’ मा नेपालबाट कसको भोट कसलाई ?

Published

on

बिहिबार राती फिफाले आयोजना गरेको ‘द बेस्ट’ अवार्ड रोबर्ट लेवानडोस्कीले हात पारे । दोस्रो क्रिस्चियानो रोनाल्डो र तेस्रो लियोनल मेस्सी बन्दा अवार्डमा बेग्लाई रोमान्च थपिएको थियो ।

लेवान्ड़ोस्की पनि मेस्सी र रोनाल्डो जस्ता खेलाडीको युगमा आफुले यो अवार्ड पाउनु निकै गर्वको कुरा रहेको पनि बताए । फिफाले आयोजना गर्ने यो अवार्ड भोटिङ मार्फत हुने गर्छ । फिफा राष्ट्र रहेका हरेक देशका पत्रकार, कप्तान र प्रशिक्षकले यो प्रतियोगितामा भोट गर्दै बिजेता छान्ने अधिकार पाउने गरेका छन् ।

नेपालका लागि यो पटक भने राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन र कप्तान भरत खवासले फिफा ‘द बेस्ट’ का लागि भोट गरेका छन् । नेपालबाट यो पटक भने कुनै पत्रकारले भोट गर्न पाएनन् ।

फिफाले दिएको सुचीमा भोट गर्नेहरुले आफ्नो रोजाईमा पहिलो स्थानमा रहनेका लागि ३, दोस्रोका लागि २ र तेस्रोमा १ अंक दिने व्यवस्था गरेको छ । अंक अनुसार जुन खेलाडीको सर्वधिक अंक हुने गर्छ त्यस खेलाडीलाई ‘द बेस्ट’ को अवार्ड दिने चलन रहेको छ ।

यो पटक भने ५२ अंकका साथ लेवानडोस्कीले यो अवार्ड जितेका हुन् ।

नेपालबाट कुन खेलाडीले पाए भोट ?

बालगोपाल महर्जन, प्रशिक्षक

प्रशिक्षक बालगोपाल महर्जनले २०१९-२०२० को सिजनको फिफा द बेस्टका लागि पहिलो नम्बरमा लिभरपुल तथा इजिप्सियन फर्वार्ड मोहम्मद सलाहलाई भोट गरेका थिए । उनले दोस्रोमा भने यस पटकका बिजेता लेवानडोस्की र तेस्रोमा बेल्जियन तथा म्यानचेस्टर सिटीका स्टार मिड्फिल्डर केभिन डि ब्रुनलाई भोट गरेका थिए ।

भरत खवास, कप्तान

नेपाली राष्ट्रिय टोलीका कप्तान भरत खवासले पनि पहिलो नम्बरमा सलाहलाई भोट गरेका थिए । भरतले दोस्रो स्थानका लागि ला लिगामा लगातार सात सिजन गोल्डेन बुट जितेका मेस्सी र तेस्रोमा युभेन्टसलाई सिरी आ जिताएका रोनाल्डोलाई भोट गरेका थिए ।

Click to comment

Trending