अन्तर्राष्ट्रिय

भारत पहिलो टेस्टको पहिलो पारीमा २४४ रनमा नै समेटियो

Published

on

घरेलु टोली अष्ट्रेलियाका तिब्र गतिका बलरहरु हाबी हुँदा विरुद्धको पहिलो टेस्टको पहिलो पारीमा भारत २४४ रनमा नै समेटिन पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको भारतले पहिलो दिनको खेलको समाप्तीमा ८९ ओभर खेल्दै छ विकेट गुमाएर २३३ रन मात्र बनाउन सकेको थियो भने दोश्रो दिन ११ रन जोड्दा बाँकी छ विकेट गुमाउँदै २४४ रनमा समेटिएको हो ।

भारतको तर्फबाट कप्तान कोहलीले सर्वाधिक ७४ रन बनाए भने चेतेश्वर पुजाराले ४३ तथा अजिंक्य रहानेले ४२ रनको पारी खेले ।

भारतले सुरुवात राम्रो गर्न सकेन । ओपनर पृथ्वी श दुई बल खेल्दै मिचेल स्टार्कको बलमा डक आउट हुन पुगे भने अर्का ओपनर मायंक अगरवालले पनि १७ रन भन्दा जोड्न सकेनन् ।

त्यस पछि आएका पुजारा र विराट कोहली तेश्रो विकेटका लागि ६८ रन जोड्दै भारतको पारी सम्हाल्ने प्रयास गरे । तर १६० बलको सामना गरेका नाथन लायोनको शिकार बन्न पुगे। टेस्ट क्रिकेटमा आफ्नो २३ औं अर्धशतक बनाएका कोहलीले रहानेसँग चौथों विकेटका लागि ८८ रन जोडे पछि दुर्भाग्यपूर्ण रनआउट हुन पुगे । कोहली आउट भए पछि रहाने पनि धेरै क्रिजमा टिक्न सकेनन् भने हनुमान बिहारीले पनि १६ रन भन्दा जोड्न सकेनन्।

भारतलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका तिब्र गतिका बलरहरु मिचेल स्टार्कले सर्वाधिक चार विकेट लिए भने अर्का तिब्र गतिका बलर प्याट कमिन्सले पनि तीन विकेट हात पारे भने जस हेजलउड र नाथन लायोनले समान १-१ विकेट हात पारे। स्टार्कले २१ ओभरमा पाँच मेडन ओभर सहित ५३ रन खर्चिए भने कमिन्सले २१ दशमलब एक ओभरमा सात मेडन सहित ४८ रन दिए ।

Click to comment

Trending