Headline

युनाइटेडको सनसनीपूर्ण जितपछि सेफिल्डको प्रिमियर लिग इतिहासकै खराब शुरुवात

Published

on

मार्कस रासफोर्डले दुई गोल गरेपछि इङ्गलिस प्रिमियर लिगको सनसनीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडमाथि ३–२ को सनसनीपूर्ण जित हात पारेको छ ।

पराजयपछि १३ खेलबाट मात्र एक अंक बटुलेको सेफिल्ड प्रिमियर लिग इतिहास १८८८ देखि शुरु भए यताकै खराब शुरुवात गर्ने क्लब पनि बनेको छ । तर युनाइटेडले भने लगातार ६ अवे खेल जित्न भने सफल भएको छ ।

युनाइटेड २३ अंकसहित १२ खेलपछि अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने शिर्ष स्थानको लिभरपुलभन्दा मात्र पाँच अंकले पछि रहेको छ । रोजक के छ भने यो सिजनको शुरुवातदेखि नै खराब प्रदर्शनले आलोचित बन्नुका साथै च्याम्पियन्स लिगमा पनि समुह चरणबाटै बाहिरिएको युनाइटेडले एक खेल कम खेलेको छ ।

शिर्ष स्थानका क्लबहरुले दुई खेलमा अंक गुमाउने र आफू दुवै खेल जित्ने हो भने युनाइटेड शिर्ष स्थानमा समेत उक्लन सक्छ ।

बिहिबारको अवे खेलमा युनाइटेड पाचौं मिनेटमै पछि परेको थियो । सेफिल्डका लागि डेभिड म्याकगोल्ड्रिकले पहिलो गोल गरेका थिए । रासफोर्ड र एन्थोनी मार्सियलले सात मिनेटको अन्तरालमा दुई गोल गरेपछि युनाइटेडले पहिलो हाफको समाप्तिमा २–१ को अग्रता पाएको थियो ।

मार्सियलले ४ सय ९१ मिनेटको खडेरी तोड्दै पहिलो गोल गर्दा उनलाई पउल पोग्बाले असिस्ट गरेका थिए । दोश्रो हाफ शुरु भएको ६ मिनेटमै रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रतालाई दोब्बर पारेका थिए । तर युनाइटेड खेलको अन्त्यमा पूर्ण रुपमा दवाबमा आयो ।

म्याक्गोल्ड्रिकले ८७ औं मिनेटमा कर्नरबाट गोल गर्दै युनाइटेडलाई दवाबमा राखेपनि त्यसपछि लगातार आक्रमण बुन्दा लिस मुसेटको उत्कृष्ट प्रहारलाई युनाइटेड गोलकिपर डिन हेन्डरसनले मुस्किलले बचाएका थिए ।

Click to comment

Trending