Headline

लेवानडस्कीले जिते फिफा ‘द बेस्ट’ अवार्ड

Published

on

बायर्न म्युनिख र पोल्याण्डका स्टाइकर रोबर्ट लेवानडस्कीले स्टार खेलाडीहरु लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डोलाई पछी पार्दै फिफाले आयोजना गर्ने ‘द बेस्ट’ को अवार्ड जितेका छन् ।

३२ वर्षिय लेवान्डस्कीले २०१९/२०२० को सिजन जर्मन क्लब बायर्न म्युनिखका लागि बुन्डेसलिगा र च्याम्पियन्स लिग जिताएका थिए । लेवान्डस्कीले २०१९/२०२० को सिजन ५५ गोल गर्दै १२ एसिस्ट पनि दिएका थिए ।

फिफा द बेस्टको अवार्ड पछि यो पटक भने बालोन डि’ओर कोरोना भाईरसका कारण नहुने फ्रान्स फुटबलले बताइसक्दा लेवान्डस्कीका धेरै समर्थकहरु निकै दुखी भएका थिए ।

यस्तै महिला तर्फको ‘द बेस्ट’ को अवार्ड भने इंग्ल्याण्ड तथा म्यानचेस्टर सिटीकि लुसी ब्रोन्ज जितेकी छिन् ।

फिफा वर्ष प्रशिक्षक- योर्गन क्लोप, लिभरपुल

लिभरपुललाई ३० वर्ष पछि प्रिमियर लिग जिताएका जर्मन प्रशिक्षक योर्गन क्लोपले फिफा वर्ष प्रशिक्षकको उपाधि जिते । उनले बायर्न म्युनिखलाई एकै सिजन पाँच ट्रफी जिताएका हान्सी फ्लिक र लिड्स युनाइटेडलाई १६ वर्ष पछी प्रिमियर लिगमा ल्याएका मार्सेलो बिएल्सालाई पछि पार्दै यो अवार्ड हात पारे ।

फिफा वर्ष गोलकिपर- मनुयल नुयर, बायर्न म्युनिख

मनुयल नुयरले २०१९-२०२० सिजनमा क्लबबाट खेलेका सबै प्रतियोगिता जितेका थिए । उनले लिभरपुलका अलिसन बेकर,एट्लेटिको म्याड्रिडका यान ओब्लाकलाई पछि पार्दै फिफा वर्ष गोलकिपरको अवार्ड जिते ।

फिफा वर्ष टोली:

 

Click to comment

Trending