राष्ट्रिय

विश्वकप विजेता डेभ ह्वाटमोर राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्त, पुर्व कप्तान बिनोद दास क्रिकेट म्यानेजर

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप विजेता डेभ ह्वाटमोरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक नियुक्त गरेको छ। क्यानले आज एक प्रेश विज्ञप्ति जारी गर्दै ह्वाटमोरलाई प्रशिक्षक नियुक्त गरेको जनाएको हो।

श्रीलंकाले सन् १९९६ मा विश्पा विश्वकपको उपाधि चुम्द ह्वाटमोर नै प्रशिक्षक रहेका थिए । उनले नेपाली खेलाडीहरुलाई पनि करिब दुई हफ्ता नेपालमा नै आएका प्रशिक्षण दिएका थिए । उनी सन् २०१७ मा नेपालमा आयोजना भएको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्य बिरुद्धको खेल अघि ब्याट एण्ड बल फाउण्ड़ेसनको निमन्त्रणामा नेपाल आएर नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए ।

अस्ट्रेलिययन नागरिक वाटमोरसँग श्रीलंका, बंगलादेश, जिम्बाब्वे, पाकिस्तान जस्ता देश तथा आईपीएलमा पनि प्रशिक्षक भएर काम गरेको अनुभब छ । त्यस्तै उनले सन् २०१० र सन् २०११ को इन्डियन प्रिमियर लिगको सिजनमा कोलकाता नाइट राईडर्सको प्रशिक्षक भएर काम गरेका थिए ।

नेपाली क्रिकेट टोलीको प्रशिक्षक बन्नका लागि धेरैले इच्छा देखाएको भए पनि क्यानले लिएको अन्तर्वार्तामा नेपाली टोलीका पुर्व प्रशिक्षक बुबुदु दासानाइके, श्रीलंकाले सन् १९९६ मा विश्वकप जित्दाका प्रशिक्षक डेभ ह्वाटमोर जस्ता चर्चित् नाम रहेका थिए। त्यस बाहेक अपूर्व देशाई र सुलक्षेन कुलकर्नी र ततेन्दा टाईबु पनि रहेका छन् भने पाकिस्तान, भारत र श्रीलंकाका प्रशिक्षकहरुले पनि नेपाली टोलीमा प्रशिक्षक बन्नका लागि आवेदन दिएका छन् ।

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान बिनोद दासलाई क्रिकेट म्यानेजरमा नियुक्त गरेको छ। खेल जीवनबाट सन्यास लिए पछि दास पछिल्लो समय प्रशिक्षकका रुपमा काम गर्दै आएका छन्। उनले यु१९ को साथसाथै महिला टोलीको प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।

त्यस्तै क्यानले क्यानको जेनेरल म्यानेजरमा रौनक मल्ल तथा रमेश कुमार न्यौपानेलाई फाईनान्स अफिसरमा नियुक्त गरेको छ। नेपाल क्रिकेट संघ निलम्बन फुकुवा हुनु अघि रौनकले आईसीसीको नेपाल प्रतिनिधिका रुपमा काम गरेका थिए।

Click to comment

Trending