Headline

‘मलाई मेन्टल टर्चर भयो’ – पाकिस्तान फास्ट बलर आमिरले लिए स्तब्धपूर्ण सन्यास

Published

on

पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट स्तब्धपूर्ण सन्यास लिएका छन् ।

२९ बर्षिय आमिरले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने कुनै इच्छा नै नभएको बताउदै सन्यास घोषणा गरेको पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ । आमिरले पाकिस्तानका लागि ३६ टेस्ट, ६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ५० ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

पाकिस्तानले २०१७ को च्याम्पियन्स लिग फाइनलमा भारतबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । फखर जमानको शतक र आमिरको उच्च प्रदर्शनमा नै पाकिस्तानले लामो समयपछि ५० ओभरको मुख्य प्रतियोगिता जितेको थियो ।

उनले लंका प्रिमियर लिगको उपबिजेता टोली गल ग्लेडियेटर्सका लागि खेलेका थिए । “यो आमिरको व्यक्तिगत निर्णय हो र हामी यसलाई सम्मान गर्छौ । अहिले हामी यस बिषयमा थप कमेन्ट गर्न चाहदैनौं,” पिसिबीले भनेको छ ।  पछिल्लो पटक आमिरले पाकिस्तानका लागि यसै बर्ष अगष्टमा जिम्बाब्वेबिरुद्ध ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए ।

उनले पाकिस्तानका लागि १ सय १९ टेस्ट, ८१ एकदिवसीय र ५९ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय विकेट लिएका थिए । आमिर सन् २०१० मा १८ बर्षिय खेलाडीको रुपमा स्पट फिक्सिङ्गमा अन्य दुई पाकिस्तानी खेलाडीसँगै मुछिदै पाँच बर्षको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गर्न सफल भएका थिए ।

पिसिबीले उनको अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने इच्छा नरहेको आफूलाई बताएको भनेपनि एक टेलिभिजन अन्तर्वार्तामा आफूलाई मानसिक रुपमा टर्चर दिइएको बताएका थिए । हाल न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तानी टोलीमा नराखिएका आमिरले भनेका छन्ः “म क्रिकेटबाट टाढा गएको होइन, मलाई धकेलिएको हो ।”

“जुन किसिमको वातावरण उत्पन्न भएको छ, मलाई लाग्छ अहिलेको व्यवस्थापन रहुन्जेल म क्रिकेट खेल्न सक्दिन । म यो समयमा क्रिकेट छोड्दै छु किनभने मलाई मानसिक रुपमा टर्चर दिइएको छ,” उनले समा टिभिलाई दिइएको अन्तर्वार्तामा भनेका छन् ।

Click to comment

Trending