Headline

फिर्मिनोको गोलमा लिभरपुलले टोटनह्यामलाई हरायो, आर्सनल बराबरीमा रोकियो

Published

on

फिर्मिनोले ९० औँ मिनेटमा बिजयी गोल गरे पछि लिभरपुलले टोटनह्यामलाई २-१ ले हराएको छ । एन्फिल्डमा भएको खेलमा अंक बराबरी गर्ने संघारमा पुगेको लिभरपुललाई बचाउदै फिर्मिनोले शिर्ष स्थानमा उकालेका छन् ।

खेलको २६औं मिनेटमा मोहम्मेद सलाहको गोलमा अग्रता लिएको थियो । कर्टिस जोन्स र फिर्मिनोको तालमेलमा बनेको वान टु वान पासमा सलाहले १८ यार्डबाट गरेको प्रहार डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । तर ३३ औँ मिनेटमा भने टोटनह्यामले बराबरी गोल फर्काएका थियो । द्रुत गतीको काउन्टरअट्याकमा टोटनह्यामका लागि जियोभानी लो सेल्सोको पासमा ह्युङ मिन सनले गोल गरेका थिए ।

दोसो हाफमा भने १-१ को बराबरी भएसँगै लिभरपुलले टोटनह्याम माथि दवाब बनाइराखेको थियो । ९० औँ मिनेटमा भने फिर्मिनोले गोल गरे पछि लिभरपुलले २-१ को जित हात पार्दै तीन अंकको अग्रता पनि लिएको छ ।

यस्तै अर्को खेलमा पनि आर्सनल र साउथह्याम्प्टनले १-१ को बराबरी खेलेका छन् । साउथह्याम्प्टनका लागि १८ औँ मिनेटमा थियो वालकटले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अग्रता लिए पनि ५२ औँ मिनेटमा भने साउथह्याम्प्टनले आर्सनलको बराबरी गोल खान पुगेको थियो । आर्सनलका लागि पिएरे एम्रिक औबामुयाङले बराबरी गोल गर्दै हार टारेका थिए ।

यस्तै हिजो भएको अन्य खेलहरुमा भने लिड्सले न्युकासललाई ५-२ र एवर्टनले लेस्टरलाई २-० ले हरायो भने फुलह्यामले ब्राइटन र वेष्ट ह्यामले क्रिस्टल प्यालेससँग बराबरी खेले ।

जितसँगै लिभरपुलले प्रिमियर लिगको १३औं चरणको खेल जारी रहँदा शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रत लिएको छ । लिभरपुलको २८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको टोटेनहमको २५ अंक छ भने तेस्रो स्थानमा साउथह्याम्प्टन र चौँथोमा एवर्टन रहेको छन् ।

Click to comment

Trending