Headline

अल्बा चम्कदा बार्साको सोसिडाडमाथि पुनरागमन जित

Published

on

डिफेन्डर जोर्डि अल्बाले एक गोल गर्नुका साथै अर्कोमा असिस्ट गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा रियल सोसिडाडमाथि २–१ को पुनरागमन जित हात पारेको छ ।

जितपछि सोसिडाड ला लिगाको अंक तालिको शिर्ष स्थानमा जान चुकेको छ भने अन्य क्लबहरुको लागि पनि फाइदा भएको छ । सोसिडाड शिर्ष स्थानको एट्लेटिको म्याड्रिड र दोश्रोमा रहेको रियल म्याड्रिडसँगै समान २६ अंकमा रहेको छ । भिलारियालको २२ र बार्सिलोनाको २० अंक रहेको छ ।

एट्लेटिकोले ११ खेलमात्र खेलेको छ भने सोसिडाडले १४, रियल र भिलारियलले १३ र बार्साले १२ खेल खेलेका छन् ।

क्याम्प नोउमा भएको खेलमा विलियम होजेले गोल गरेपछि बार्सा २७ औं मिनेटमै पछि परेको थियो । तर आल्बालै चार मिनेटपछि नै गोल गर्दै बार्सालाई खेलमा फर्काए । ४३ औं मिनेटमा फ्रेन्की डि जोँगको गोलमा आल्बाकै असिस्ट रहेको थियो ।

Click to comment

Trending