Headline

२०२७ को एसियन कप फुटबल आयोजनामा भारतको दाबेदारी

Published

on

भारतले सन् २०२७ को एसिया कप फुटबलको आयोजनाका लागि दाबेदारी दिने भएको छ । अल इण्डिया फुटबल फेडेरसनका एक प्रवक्ताले भारतले यसै साता एसियन कपको दाबेदारीका लागि आफ्नो डकुमेन्टहरु पठाउने बताएका छन् ।

यसअघि २०१७ को अण्डर १७ बिश्वकप आयोजना गरिसके पनि एसिया कपको आयोजना अधिकार सुरक्षित गर्न सकेकोमा एसिया कप नै अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ ।
२०२७ को एसिया कपका लागि साउदी अरेबिया र कतारले यसअघि नै दाबेदारी दिइसकेका छन् भने इरान र उज्वेकिस्तानले पनि दाबेदारी दिने बताउदै आएका छन् ।

कुनै समय पुर्व फिफा अध्यक्ष सेप ब्लाटरले फुटबलको स्लिपिङ्ग जायन्टको संज्ञा दिएको भारतले केही बर्ष यता भने ठूला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुको आयोजना गर्दै आफूलाई बिश्व फुटबलमा स्थापित गर्न प्रयास गरिरहेको छ ।

२०२२ को उमन्स एसिया कप र २०२१ अण्डर–१७ महिला बिश्वकपको आयोजना पनि गर्न गइरहेको भारतले २०३२ को ओलम्पिक्स गर्न पनि कम्मर कसेको छ । एआईएफएफका अध्यक्ष प्रफुल पटेलले एसियन कपको दाबेदारीले भारतलाई उदाउदो फुटबलिङ्ग राष्ट्रको रुपमा स्थापित गर्ने बताउछन् ।

“हामीले यसलाई सकारात्मक र आक्रमक दुवै दृष्टिकोणले हेरिरहेका छौं । भारत एक फुटबल राष्ट्रको रुपमा एसिया कप आयोजना गर्ने र अर्थपूर्ण रुपमा त्यसमा सहभागि पनि हुने बिषयमा मलाई कुनै द्विविधा छैन, उनले भने ।

फिफा बरियतामा १ सय चार स्थानमा रहेपनि व्यवसायिक रुपमा सफल भइरहेको घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन सुपर लिगले अन्तर्राष्ट्रिय स्तरमै ध्यान केन्द्रित गर्न थालिसकेको छ ।

Click to comment

Trending