Headline

आईसीसीले सार्वजनिक गर्यो वर्ल्ड कप लिग टु को खेल तालिका, नेपालको पहिलो शृंखला मार्चमा

Published

on

अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले कोरोना भाइरसका कारण रोकिएको वर्ल्ड कप लिग टु का खेल तालिकाहरु सार्वजनिक गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले कोरोना पछिकको आफ्नो पहिलो शृंखला ओमान र अमेरिका विरुद्ध सन् २०२१ को मार्च १९ देखि २८ सम्म ओमानमा खेल्ने छ ।

त्यस्तै नेपालले जुलाईमा आयोजक स्कटल्यान्ड र नामिबिया विरुद्ध खेलें छ भने सन् २०२२ को फेब्रुअरीमा आफ्नो घरेलु मैदानमा युएई र पपुवा न्युगिनी विरुद्ध भिड्ने छ ।

त्यस्तै नेपालले जुलाई २०२२ मा अमेरिकामा अमेरिका र ओमान विरुद्ध, सेप्टेम्बर २२ बाट अक्टोबर दुई सम्म युएई र पपुवा न्युगिनीसँग पपुवा न्युगिनीमा तथा सन् २०२३ को फेब्रुअरीमा युएई र पपुवा न्युगिनीसँग युएईमा तथा फेब्रुअरीमा नै नामिबिया र स्कटल्यान्डसँग आफ्नै घरेलु मैदानमा खेल्ने छ ।

सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि छनोट खेल रहेको प्रतियोगितामा नेपाल छैठौं स्थानमा रहेको छ । चार खेल खेलेको नेपालले दुई खेलमा जित निकाल्दै चार अंकका साथ छैठौं स्थानमा रहन पुगेको हो । सात टोली रहेको छनोटमा शिर्ष दुई स्थान हात पार्ने टोलीले सिधै विश्वकप छनोटमा स्थान बनाउने छ भने अन्य टोलीले फेरी अर्को छनोट खेल खेल्न पर्ने हुन्छ ।

गत फेब्रुअरीमा नेपालमा नै भएको शृंखलामा नेपालले अमेरिकालाई दुई खेलमा पराजित गरेको थियो भने ओमानसँग दुबै खेलमा पराजित हुन पुगेको थियो ।

Click to comment

Trending