Headline

‘हामी पनि मानिस हौँ कुनै मेसिन वा रोबट हैन’

Published

on

म्यानचेस्टर सिटीका मिडिल्डर इकए गुन्डोवानले मंगलबार घरमा भएको वेष्ट ब्रोमसँगको खेलमा १-१ को बराबरीमा रोकिए पछि खेल तालिकालाई दोष लगाएका छन् । गुन्डोवानले वेष्ट ब्रोमसँगको खेलमा सिटीलाई ३० औँ मिनेटमा अग्रता दिलाए पनि वेष्ट ब्रोमले भने ४३ औँ मिनेटमा सिटीका डिफेन्डर रुबेन डाएसको ‘सुसाइड गोल’ मार्फत खेलमा बराबरी गरेको थियो ।

सिटीले पूर्ण खेल वेष्ट ब्रोम माथि दवाब रख्दै हावी भए पनि बिजयी गोल भने गर्न सकेको थिएन । बिजयी गोल गर्न नसके पछि सिटी रेलिगेसन जोनमा रहेको वेष्ट ब्रोमसँग १-१ को बराबरी खेल्न वाध्य भएको हो । लगातार दुई खेलमा अंक गुमाएको सिटीका लागि यो निकै नराशाजनक क्षण थियो ।

शनिबार मात्रै म्यानचेस्टर युनाइटेडसँग डर्बीमा गोलरहित बराबरी खेलेको सिटीलाई यो बराबरीले ठुलै झटका दिएको छ । लगतार दुई खेलमा अंक गुमाए पछि सिटीका मिड्फिल्डर इकए गुन्डोवानले भने २०२०-२०२१ को यो अव्यवस्थित खेल तालिकाहरुका कारण सबै खेलमा उतिकै खेल प्रदर्शन गर्न नसक्ने बताए ।

“एउटै टिमले तपाईं युरोपियन प्रतियोगिता र लिग सबैमा उत्कृष्ट प्रदर्शन गर्ने बारे तपाईं सोच्नुहुन्छ भने तपाईं त्यो गलात हो त्यही पनि यस्तो अव्यवस्थित खेल तालिकामा ?,” गुन्डोवानले खेल पछि एक अन्तर्वातामा बोल्दै प्रश्न गरे । “युरोपका सबै प्रमुख टोलीहरु अहिले हरेक हप्ता खेल जित्न सक्दैनन् तर पनि हामीमा एउटा जिम्मेवारीको भार छ र त्यो जिम्मेवारी भएको हामीले यस्तो खेलहरु जित्नु हो । त्यो पनि घरमा,”

सिटीले औसतमा ८० प्रतिसत बल आफु राखे पनि वेष्ट ब्रोमका गोलरक्षक साम जोनस्टोनले इन्जुरी समयमा राम्रो बचाउहरु गरे पछि सिटीले बराबरी खेलेको थियो ।

गुन्डोवानले टोलीले आफ्नो राम्रो प्रदर्शन नदिए पनि यो खेल भने जित्नु पर्ने खेल रहेको पनि बताए । “हामी पनि मानिस हौँ कुनै मेसिन वा रोबट हैन । हामी पनि कहिले संघर्ष गर्नुपर्छ तर आज भने हामीले राम्रो प्रदर्शन गर्न नसकेका हौँ,”

“हामीले यो खेलमा तीन अंक ल्याउनु पर्थियो तर हामी चुकयौँ र हामीले अन्य खेलहरु भने जित्नु पर्ने दवाब रहेको छ,” उनले थपे ।

खेल तालिका र समयको बारेमा बोल्ने गुन्डोवान एक्लो खेलाडी भने हैनन् । सिटीकै प्रशिक्षक पेप गोर्डियोला र म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गन्नर सोल्सायर देखी अन्य थुप्रै खेलाडीहरुले पनि प्रिमियर लिगको खेल तालिकाले खेलाडीहरुलाई निकै असर पारेको बताउँदै आएका छन् ।

Click to comment

Trending