Headline

प्रिमियर लिग आज: आर्सनल विरुद्ध साउथह्याम्प्टन ,लिभरपुल र टोटनह्याम भिड्दै

Published

on

प्रिमियर लिगको बक्सिङ डे मा आज आर्सनलले साउथह्याम्प्टनको सामना गर्दै छ । १३ अंकका साथ १५ औँ स्थानमा रहेको आर्सनलले २३ अंक सहिर चौँथो स्थानमा रहेको साउथ्ह्याम्प्टनसँग घरमा खेल्न लागेको हो ।

प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न नसकेको आर्सनलको घरमा राम्रो खेल्न सकेको छैन । प्रिमियर लिगमा जित निकाल्न नसकेको आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा पनि निकै दवाबमा रहेका छन् भने प्रिमियर लिगमा दुई गोल मात्र गरेका पिएरे एम्रिक औबामुयाङलाई पनि गोलको खाँचो रहेको छ ।

साउथह्याम्प्टन भने यो पटक निकै राम्रो प्रदर्शन गरिरहेको छ । यस्तो अवस्थामा आर्सनललाई यो खेलमा जित निकाल्न निकै गार्हो पर्ने छ । ५८ वर्ष यता कै खराब फममा रहेको आर्सनलले यो खेल जित्न नसक्ने हो भने सिधै रेलिगेसन जोनमा धकेलिने छ । तर आर्सनलले साउथह्याम्प्टनसँग घरमा भएका पछील्लो २५ खेलहरुमा एक खेलमा पनि पराजय भोग्नु परेको छैन । सन १९८७ मा १-० ले पराजित भए यता आर्सनल साउथह्याम्प्टनसँग घरमा पराजित भएको छैन ।

आर्सनलका लागि नयाँ खेलादी थोमस पार्टेले खेल गुमाउने सम्भावना बलियो छ भने साउथह्याप्टनका लागि घुँडाको सल्यकृया गरेका ड्यानी इङ्सले यो खेलमा पुनरागमन गर्ने सम्भावना पनि रहेको छ ।

खेल नेपाली समय अनुसार ११:४५ मा सुरु हुने छ ।

यस्तै आज हुने मध्यरातको अर्को खेलमा भने अंक तालिकाको शिर्ष स्थानमा रहेका दुई टोली बिच खेल हुँदै छ । टोटनह्याम र लिभरपुल २५-२५ अंक सहित पहिलो र दोस्रो स्थान रहेका छन् ।

आज हुने खेलमा जुन टोलीले जित निकल्छ त्यो टोलीले अंक तालिकामा तीन अंकको अग्रता लिने छ । टोटनह्याम र लिभरपुल दुवै टोलीलाई यो खेल जित्दै अग्रता लिने मौका भए पनि बराबरीमा रोकिए प्रिमियर लिग अझै रोमान्चक हुने छ ।

टोटनह्यामका लागि सबै खेलाडीहरु फिट रहेको छन् भने लिभरपुलका धेरै खेलाडीहरु चोट पछि फर्किए पनि थोरै मुख्य खेलाडीहरु भने अझै मैदानमा उत्रिन पाएका छैनन् । एन्फिल्डमा आज हुने खेलमा टोटनह्यामले लिभरपुललाई हराउने हो भने उसको एन्फिल्डमा रहेको अपराजित कृतिमान तोडिने छ ।

यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

यस्तै आजै हुने ११:४५ को अर्को खेलमा भने लेस्टर सिटीले एवर्टन र लिड्स युनाइटेडले न्युकासल युनाइटेडसँग खेल्दै छ भने १:४५ मा हुने अन्य खेलहरुमा फुलह्यामले ब्राइटन र वेस्ट ह्यामले क्रिस्टल प्यालेस सँग खेल्ने छ ।

Click to comment

Trending