Headline

१० खेलाडीमा सिमित बिल्बाओबिरुद्ध रियलको सहज जित

Published

on

स्पेनिस ला लिगामा मङ्गलवार १३ मिनेटमै १० खेलाडीमा सिमित भएको एथ्लेटिक बिल्बाओमाथि ३–१ को सहज जित रच्दै रियल म्याड्रिड अंक तालिकाको शिर्ष स्थानको दौडमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा करिम बेन्जेमाले दुई गोल गर्दा रियल शिर्ष स्थानमा रहेको रियल सोसिडाड र एट्लेटिको म्याड्रिडसँगै समान २६ अंकमा रहेको छ । सोसिडाड र रियलले भने दुई खेल बढी खेलेका छन् ।

खेलको शुरुवातमै राउल गार्सियालाई दोहोरो पहेलो कार्डका कारण गुमाएको बिल्बाओ दवामा आइपुगेको थियो । यति हुदा हुदा पनि पहिलो हाफमा रियललाई रोक्न सफल बिल्बाओ अतिरिक्त समयमा टोनी क्रुसले गोल गरेपछि एक गोलले पछाडी पर्यो ।

सात मिनेटपछि नै एन्डर कापाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काएका थिए । तर बेन्जेमाले १६ मिनेटको अन्तरमा दुई गोल गर्दै रियलको जित सुनिश्चित पारेका थिए । ७४ औं मिनेटमा बेन्जेमाले ड्यानी कार्भाहालको क्रसमा गोल गर्दै रियलको अग्रता फर्काए । लुका मोड्रिचको क्रसमा उनले बिल्बाओको पुनरागमनको ढोका बन्द गरिदिए ।

ला लिगामा भिलारियाल २२ अंक सहित चौथो र सेभिया १९ अंकसहित पाचौं स्थानमा रहेको छ । बार्सिलोना १७ अंकसाथ आठौं स्थानमा रहेको छ ।

Click to comment

Trending