Headline

नेटोको गोलमा वुल्भ्सले चेल्सीलाई हरायो, सिटी बराबरीमा रोकियो

Published

on

आफ्नो मुख्य स्टाइकर राउल हिमिनेज बिना पनि वुल्भ्सले चेल्सीलाई २-१ ले हराएको छ ।

वुल्भ्सका लागि ड्यानियल पोडेन्स र पेड्रो नेटोले गोल गरेका थिए भने चेल्सीका लागि ओलिभर जिरुडले एक गोल गरेका थिए ।

लगतार दोस्रो खेलमा पराजित हुँदै चेल्सीले शिर्ष स्थानमा पुग्ने मौका पनि गुमाएको छ । चाहेको जती गोल गर्ने मौकाहरुको सदुपयोग गर्न नसक्दा चेल्सीले यो खेलबाट तीन अंक गुमाउनु परेको हो । पहिलो हाफमा एक पटक पनि गोलको मौका नबनाएको चेल्सीले पोस्टमा एउटा प्रहार पनि गरेको थिएन ।

दोस्रो हाफको भने ४९ औँ मिनेटमा चेल्सीका लागि ओलिभर जिरुडले गोल गरेका थिए । बेन चिलवेलको क्रसमा जिरुडले हाफ भली प्रहर गरेको बल वुल्भ्सका गोलरक्षक रुइ पेट्रिसियोले बचाए पनि बलले रेखा नाघी सकेका कारण रेफ्रीले चेल्सीलाई गोल दिएका थिए तर वुल्भ्सले भने ६६ औँ मिनेटमा बराबरी गोल फर्कायो । वुल्भ्सका लागि डानियल पोडेन्सले उत्कृष्ट गोल गर्दै वुल्भ्सलाई १-१ को स्थितीमा पुर्याएका थिए ।

चेल्सीले दोस्रो हाफमा पनि मौकाहरु बनाउन सकेन र वुल्भ्सको दोस्रो गोल खान पुग्यो । वुल्भ्सका लागि यो पटक पेड्रो नेटोले ९० मिनेट पछिको इन्जुरी समयमा गोल गरेका थिए । नेटोले काउन्टरअट्याकमा उत्कृष्ट गोल गरेका थिए । वुल्भ्सको दुई गोलसँगै चेल्सीले पहिलो पटक प्रिमियर लिगमा साउथह्याम्प्टनको तीन गोल खाए पछि यो दुई गोल खाएको हो ।

पराजयसँगै चेल्सीले शिर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

अर्को खेलमा भने म्यानचेस्टर सिटी वेष्ट ब्रोमसँग १-१ को बराबरीमा रोकिएको छ ।

खेलमा इकए गुन्डोगनको गोलमा ३० औँ मिनेटमा सिटीले अग्रता लिएको थियो । रहिम स्टेर्लिङको पासमा गुन्डोगनले गोल गरेका थिए । तर ४३ औँ मिनेटमा भने वेष्ट ब्रोमका लागि सिटीका डिफेन्डर रुबेन डाएसले ‘सुसाइड गोल’ गर्न पुगेका थिए ।

दोस्रो हाफमा पनि सिटीले मौका अनुसार गोल गर्न नसक्दा बराबरीमा रोकिएको हो ।

 

 

Click to comment

Trending