राष्ट्रिय

राप्तीलाई गौतम बुद्ध कपको उपाधि

Published

on

राप्तीले गौतम बुद्ध कपको उपाधि हात पारेको छ । गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला स्थित नमुना क्रिकेट मैदानमा भएको फाइनल खेलमा नारायणीलाई नौं रनले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

जितका लागि १४४ रनको लक्ष्य लिएर ब्याटिङमा आएको नारायणीले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १३४ रन मात्र बनाउन सक्यो ।

नारायणीको तर्फबाट आरिफ शेखले सर्वाधिक ४८ रन तथा रित गौतम र इशान पाण्डेले समान २७-२७ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा हारको सामना गर्न पुग्यो ।

राप्तीलाई जित दिलाउने क्रममा अविनाश बोहराले सर्वाधिक तीन तथा भुवन कार्कीले दुई विकेट दर्ता गराए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १४३ रनको स्कोर खडा गर्यो ।

राप्तीको तर्फबाट ओपनर कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए । हिजो नै सम्पन्न नारायणी विरुद्धको लिग चरणको खेलमा अर्धशतक प्रहार गरेका कुशलले शाहब आलमको बलमा बोल्ड आउट हुनु अघि ३१ बलमा दुई चौका र चार छक्का प्रहार गरे ।

कुशल बाहेक कप्तान बिनोद भण्डारीले पनि २१ बलमा ३३ तथा सुमित महर्जनले २२ रनको योगदान दिए ।

नारायणीका शाहब आलमले चार ओभरमा १९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने सुशन भारीले चार ओभरमा नै ११ रन दिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending