Headline

‘मलाई फुटबल म्याच भन्दा बक्सिङ हेर्न मनपर्छ’

Published

on

युभेन्टस तथा पोर्चुगलका स्टार खेलाडी क्रिष्चियानो रोनाल्डोले आफुलाई फुटबल भन्दा बक्सिङ र युएफसी हेर्न मन पर्ने बताएका छन् ।

पाँच पटकको बलोन डि ओर बिजेता र फुटबलका समकालिन उत्कृष्ट खेलाडी मानिने रोनाल्डोले इङ्ल्यान्डमा म्यानचेस्टर युनाइटेड, स्पेनमा रियल म्याड्रिडमा आफो जादु चलाइसकेका छन् भने अहिले उनी इटालीमा युभेन्टसमा आफ्नो उत्कृष्ट खेल देखाउदै आइरहेका छन् ।

फुटबलमा नै रमाएका रोनाल्डोले टेलिभिजन हेर्दा भने किन फुटबल हेर्न रुचाउदैनन । उनले आफुलाई फुटबल भन्दा पनि युएफसी र बक्सिङ जस्ता खेलहरु हेर्न मन पर्ने पनि बताएका छन् ।

“फुटबल खेल्नु मेरो प्यासन हो तर मलाई फुटबल भन्दा पनि अरु खेलहरु टेलिभिजनमा हेर्न रुचाउछु,” रोनाल्डोले भने ।

“फुटबल हेर्ने र युएफसी अथवा बक्सिङ हेर्ने हो भने म बक्सिङ नै रुचाउछु होला।”

रोनाल्डो जो युएफसीका खेलाडी कर्नर म्याकगोनरका साथी पनि हुन उनले भनेका थिए,”म पहिले म्यानचेस्टर युनाइटेडमा हुँदा बक्सिङ पनि सिकेको थिए,”

“बक्सिङ एक फुटबल खेलाडीलाई निकै उपयोगी छ किनकि यसले तपाईंको इन्द्रियलाई तीव्र पार्छ र तपाईं यो खेल खेल्न पनि सिक्नुहुन्छ,” रोनाल्डोले थपे ।

३५ वर्षको रोनाल्डो अहिले पनि रोक्ननसकिने खेलाडी मध्यका एक हुन । गएको हप्ता मात्रै युभेन्टसका लागि एक सय खेल खेलिसकेका रोनाल्डोले ७७ गोल गर्नुका साथै २० भन्दा माथिको एसिस्ट पनि दिसकेका छन् ।

 

Click to comment

Trending