Headline

प्रिमियर लिग बक्सिङ डे: चेल्सी विरुद्ध वुल्भ्स खेल्दै, सिटी विरुद्ध वेष्ट ब्रोम

Published

on

प्रिमियर लिगमा आजबाट ‘बक्सिङ डे’ सुरु भएको छ । यस्को मतलब एक हप्तामा प्रिमियर लिग टोलीहरुले दुई खेल खेल्ने छन् । बक्सिङ डे को पहिलो दिन मंगलबार वुल्भ्सले चेल्सीसँग खेल्दै छ ।

घरेलु मैदानमा हुने खेलमा वुल्भ्सका लागि कप्तान र फर्वार्ड राउल हिमिनेजले टाउकोमा लागेको चोटका कारण यो खेल गुमाउने छन् भने चेल्सीका लागि हाकिम जियाच र क्यालुम हड्सन ओडोइले ह्यामस्ट्रिङ्गका कारण खेल गुमाउने छन् । क्रिष्चियन पुलिसिच भने चोट पछि वुल्भ्स विरुद्ध खेल्ने टोलीमा फर्किने प्रशिक्षक फ्यान्क लामपार्डले बताएका छन् ।

अघिल्लो खेलमा एवर्टनसँग १-० ले पराजित भएको चेल्सीले त्यो खेलमा निराशाजनक प्रदर्शन गरेको थियो । वुल्भ्सले पनि अन्तिम समयमा एस्टन भल्लासँग पराजित भएको पछि महत्वपूर्ण तीन अंक गुमाएको थियो ।

चेल्सीले यो खेलमा जित हात पार्न सके २५ अंक सहित शिर्ष स्थानमा रहने छ । वुल्भ्सले भने यो खेल जितेको खण्डमा छैठौँ स्थानमा उक्लिने छ ।

यो खेल नेपाली समय अनुसार ११:४५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रोमसँग सामना गर्ने छ । वेष्ट ब्रोम अंक तालिकामा रेलिगेसन जोनमा रहेको छ भने सिटी नवौँ स्थानमा रहेको छ ।

सिटीका लागि यो खेलमा सर्जियो अग्वेरो फर्किन सक्ने सम्भावना बलियो रहेको छ । वेष्ट ब्रोम पनि केही खेलहरुमा गोल गर्न नसके पनि राम्रो प्रदर्शन गरेका कारण सिटीले यो टोलीलाई कम भने आक्ने छैन ।

यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

Click to comment

Trending