Headline

चेल्सीको लागि खेल्न लय समातेका चेकको राम्रो प्रदर्शन

Published

on

चेल्सीका लेजेण्ड गोलकिपर पिटर चेक सन्यास लिएको १८ महिनापछि मैदानमा फर्कदै प्रिमियर लिग क्लबको बैकल्पिक टोलीलाई जिताउन सफल भएका छन् ।

चेकले सोमबार टोटेन्ह्याम हटस्परको अण्डर–२३ टोलीमाथि ३–२ को पुनरागमन जित्दा महत्वपूर्ण भुमिका खेलेका थिए । १७ मिनेटमै २–० ले पछि परेको चेल्सी दोश्रो हाफमा तीन गोल गर्दै प्रिमियर लिग टु अंक तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भयो ।

“शुरुवातको २० मिनेटमा म आफूले स्वचालित रुपमा पाउने गरेको मुभ प्राप्त गर्न निकै संघर्ष गरे,” ३८ बर्षिय चेक रिपब्लिक गोलकिपर चेकले भने । तर त्यसपछि मैले खेलमा लय प्राप्त गरे र सबै कुरा सहज हुदै जान थाल्यो, खेलमा केही महत्वपूर्ण बचाउ गरेका उनले भने ।

कोरोना भाइरसले पहिलो टोलीमा असर गर्दै गोलकिपर पनि नहुने अवस्था आएको स्थितिको सामना गर्न चेकलाई चेल्सीले बैकल्पिक टोलीमा राखेको थियो ।

“यो खेलको ध्येय पुरा भएको छ किनभने संकटको अवस्थामा यदि मैले प्रिमियर लिगमा फर्कने हो भने यस्तै खेल खेल्न आवश्यक छ । यसले मलाई खेलमा लय भेट्टाउनको लागि मद्दत गरेको छ । अब प्रिमियर लिगमा खेल्नु पर्ने हो भने पनि म तैयार छु,” उनी थप्छन् ।

चेल्सी र आर्सनलका लागि खेल्दै आफ्नो १५ प्रिमियर लिग सिजनमा किर्तिमानी २ सय २ क्लिन सिट राखेका चेकले खेल अगाडी भने केही नर्भस भएको स्विकारेका पनि थिए ।

Click to comment

Trending