राष्ट्रिय

नारायणी माथि राप्तीको रोमान्चक जित

Published

on

गौतम बुद्ध कप अन्तर्गत अन्तिम लिग खेलमा राप्तीले एक विकेटको रोमान्चक जित हात पारेको छ । यस अघि नै दुबै टोलीले फाइनलमा स्थान बनाए पनि राप्ती समुह चरणको खेल पछि समुह विजेता र नारायणी उपविजेता भएका छन् ।

जितका लागि १३९ रनको लक्ष्य लिएर ब्याटिङमा आएको राप्तीले एक बल अगावै नौं विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

जित नजिक पुगे पनि २६ रनमा छ विकेट गुमाएर हारको नजिक पुगेको राप्तीको जितमा कमल सिंह ऐरीले १५ बलमा अविजित २४ रन जोड्दै टोलीलाई रोमान्चक जित दिलाए ।

त्यस्तै राप्तीको जितमा खेलको म्यान अफ द म्याच घोषित कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ओपनिङमा आएका उनले ४१ बलको सामना गर्दै चार चौका र छ छक्का प्रहार गरे ।

राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए अनि अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा हारको सामना गर्न पुग्यो । ओपनिङमा आएका उनले ४१ बलको सामना गर्दै चार चौका र छ छक्का प्रहार गरे ।

पहिलो बलमा नै अर्का ओपनर अमित श्रेष्ठलाई गुमाएर खराब सुरुवात गरेको राप्तीका आरिफ शेख १४, सुमित महर्जन १२, कप्तान बिनोद भण्डारी र हरि चौहान समान ४-४ तथा भुवन कार्की तीन रनमा पेभेलियन फर्किए ।

नारायणीका करण केसीले सर्वाधिक तीन विकेट लिए भने सुशन भारी र किशोर महतोले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नारायणीले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १३८ रन बनायो । एक समय १५ दशमलब पाँच ओभरमा ७९ रन हुँदा सात विकेट गुमाएर खराब प्रदर्शन गरेको नारायणीका लागि करण केसी र किशोर महतोले ५९ रनको साझेदारी गर्दै १३८ रन सम्मको अवस्था सम्म पुर्याय ।

नारायणीको लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका किशोर महतो अविजित रहँदै सर्वाधिक ३६ रन बनाए । १४ बलको सामना गरेका उनले दुई चौका र चार छक्का प्रहार गरे । त्यस्तै आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले पनि २२ बलमा ३२ तथा सुशन भारीले १८ रनको पारी खेले ।

राप्तीका अविनाश बोहरा र सुर्य तामांङले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending