राष्ट्रिय

नवौं नम्बरमा ब्याटिङ गर्न आएका किशोरको तुफानी पारीमा नारायणीले राप्तीलाई दियो १३९ रनको लक्ष्य

Published

on

नवौं नम्बरमा ब्याटिङ गर्न आएका किशोर महतोले आक्रमक पारी खेल्दै १४ बलमा ३६ रन बनाए पछि गौतम बुद्ध कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नारायणीले राप्तीलाई १३९ रनको लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नारायणीले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १३८ रन बनायो ।

एक समय १५ दशमलब पाँच ओभरमा ७९ रन हुँदा सात विकेट गुमाएर खराब प्रदर्शन गरेको नारायणीका लागि करण केसी र किशोर महतोले ५९ रनको साझेदारी गर्दै १३८ रन सम्मको अवस्था सम्म पुर्याय ।

नारायणीको लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका किशोर महतो अविजित रहँदै सर्वाधिक ३६ रन बनाए । १४ बलको सामना गरेका उनले दुई चौका र चार छक्का प्रहार गरे । त्यस्तै आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले पनि २२ बलमा ३२ तथा सुशन भारीले १८ रनको पारी खेले ।

राप्तीका अविनाश बोहरा र सुर्य तामांङले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending