Headline

मेस्सीको निर्णायक गोलमा बार्सिलोना बिजयी

Published

on

कप्तान लियोनल मेस्सीले लिभान्टे विरुद्ध एक मात्रै निर्णायक गोल गरे पछि बार्सिलोना स्पेनिस ला लिगामा १-० ले बिजयी भएको छ ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई खेल आफ्नो पक्षमा पार्न निकै गार्हो परेको थियो । बल पोजेसन आफु राखे पनि पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बार्सिलोना झन्डै अंक बाँड्नु पर्ने स्थितीमा आएको थियो तर ७६ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गरे पछि बार्सिलोना बचेँको थियो । फ्रान्की डि यङको पासमा मेस्सीले कुनै गल्ती नगर्दै गोल गरेका थिए  ।

यस अघी भने बार्सिलोनाले निकै संघर्ष गर्नु परेको थियो । पहिलो हाफको छैठौँ मिनेटमा बर्सिलोनाका फर्वार्ड मार्टिन ब्रेथवेटको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुगेको थियो । २१औं मिनेटमा प्तान लियोनेल मेस्सीको फ्रिकिकमा ग्रिजमनको हेडरलाई डिफेन्डरले क्लियर गरे पछि बार्सिलोना अग्रता लिनाबाट चुकेको थियो ।

बार्सिलोनाका अधिकांश प्रहारमा लेभान्टेका गोलरक्षक एइटर फर्नान्डेजले उत्कृष्ट बचाउ गरेका थिए । दोस्रो हाफमा भने लियोनल मेस्सीले गोल गरे पछि बार्सिलोना अर्को खराब प्रदर्शनबाट बाँच्न पुग्यो ।

जितसँगै बार्सिलोनाको १७ अंक सहित आठौँ स्थानमा उक्लिएको छ भने २६ अंक सहित गोलअन्तरको साथ रियल सोसियाड शिर्ष स्थानमा चढेको छ । दोस्रो स्थानमा २६ नै अंक सहित एट्लेटिको म्याड्रिड रहेको छ ।

 

Click to comment

Trending