Headline

बराबरीमा रोकिए टोटनह्याम र लिभरपुल, आर्सनल पराजित

Published

on

प्रिमियर लिगमा शिर्ष स्थानमा रहेको टोटनह्याम र दोस्रो स्थानमा रहेको लिभरपुल दुवै टोलीले आफ्नो आफ्नो खेलमा १-१ को बराबरी खेलेका छन् ।

टोटनह्यामले क्रिस्टल प्यालेससँग र लिभरपुलले फुलह्यामसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

टोटनह्यामले अवे खेलमा क्रिस्टल प्यालेसलाई हराउन नसक्दा शिर्ष स्थानमा पकड बनाउने मौका गुमाएको छ । टोटनह्यामका लागि खेलको २३ औँ मिनेटमा ह्यारी केनले गोल गरेका थिए । उनले ह्युङ मिन सनको पासलाई २५ यार्ड टाढाबाट गरेको प्रहार सिधै गोल हुन पुगेको थियो । पहिलो हाफमा १-० ले अग्रता लिएको टोटनह्यामले दोस्रो हाफमा भने अर्को गोल गर्न सकेन ।

८१ औं मिनेटमा भने क्रिस्टल प्यालेसले बराबरी गोल गर्न सफल भएको थियो एबेरेची एजेको फ्रिकिकमा टोटनह्याम गोलरक्षक ह्युगो लोरिसले बल जोगाउन नसक्दा जेफ्री स्लपले ट्याप-इन गर्दिए पछि टोटनह्यामले एक अंकमा मात्रै चित्त बुझाउन पुगेको हो ।

यस्तै टोटनह्यामले बराबरी खेले पछि शिर्ष स्थानमा स्पष्ट अग्रता बनाउने मौका रहेको लिभरपुलले पनि फुलह्यामसँग १-१ को बराबरी खेलेको छ ।

पहिलो हाफको २५ औँ मिनेटमा फुलह्यामले लिभरपुल माथि अग्रता लिएको थियो । फुलह्याम बबी रेडले गोल गरे पछि लिभरपुल पहिलो हाफमा १-० ले पछि परेको थियो । लिभरपुलले भने दोस्रो हाफको ७९ औँ मिनेटमा पेनाल्टी मार्फत एक गोल फर्काएका थिए जस्मा मोहम्मेद सलाहले गोल गरेका थिए ।

लिभरपुल र टोटनह्यामको बराबरीसँगै शिर्ष स्थानका लागि निकै कडा प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै आर्सनल भने बर्नलीसँग १-० ले पराजित हुन पुगेको छ । सिजनकै दोस्रो जित निकाल्ने क्रममा बर्नलीले आर्सनलका कप्तान पिएरे एम्रिक औबामुयाङले गरेको सुसाइड गोलका कारण तीन अंक पाएको थियो । दोस्रो हाफको ७३ औँ मिनेटमा बर्नलीले प्रहर गरेको फ्रिकिक्क टाउकोमा लग्न पुग्दै औबामुयाङले आफ्नै पोस्टमा गोल गरेका थिए ।

अर्को खेलमा लेस्टरले भने ब्राइटनलाई ३-० ले पराजित गरेको छ ।

अंक तालिकामा २५ अंक सहित टोटनह्याम र लिभरपुल पहिलो र दोस्रो,२४ अंक सहित लेस्टर तेस्रो,२३ सहित साउथह्याम्प्टन चौँथो स्थानमा रहेका छन् ।

Click to comment

Trending