राष्ट्रिय

नारायणी र राप्ती गौतम बुद्ध कपको फाइनल प्रवेस

Published

on

नारायणी र राप्ती गौतम बुद्ध कपको फाइनलमा प्रवेस गरेका छन् । गौतम बुद्ध अन्तरास्ट्रिय रंगशालामा भएको प्रतियोगिताको दोश्रो खेलमा बागमतीले लगातार दोश्रो हार व्यहोरे पछि १-१ खेल मात्र खेलेका नारायणी र राप्तीले फाइनलमा स्थान पक्का गरेका हुन् । दुई खेल मध्य दुबै खेलमा प्ररजित भए पछि बागमती प्रतियोगिताबाट बाहिरिएको हो । हिजो भएको खेलमा बागमती नारायणीसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो ।

जितका लागि १३० रनको लक्ष्य सहित ब्याटिङमा आएको बागमतीले १९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर ११८ रन बनाए पछि ११ रनले पराजित भयो ।

बागमतीको तर्फबाट सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए भने अनिल साहले पनि २२ रनको पारी खेले ।

राप्तीको जितमा जितेन्द्र मुखिया, कमल सिंह ऐरी, भुवन कार्की र अविनाश बोहराले समान २-२ विकेट हात पारे ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १२९ रन मात्र बनाउन सक्यो ।

बागमतीको तर्फबाट ओपनर अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावाकर र कप्तान बिनोद भण्डारीले समान २१-२१ रनको योगदान दिए ।

राप्तीका अन्य ब्याट्सम्यानमा कुशल भुर्तेल तीन, लोकेश बम १५, हरि चौहान पाँच, भुवन कार्की शुन्य, कमल सिंह ऐरी १६ रनमा आउट भए भने जितेन्द्र मुखिया र अविनाश बोहरा लर,क्रमश रनमा अविजित रहे ।

बागमतीका सोमपाल कामी, सागर ढकाल र रशिद खानले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending