Headline

पल्सर स्पोर्ट्स अवार्ड पौष २८ गते हुने

Published

on

नेपाल खेलकुद पत्रकार मञ्चले दिदै आएको पल्सर स्पोटर््स अवार्ड पौष २८ गते हुने भएको छ । नेपालकै प्रतिष्ठित अवार्ड कोरोना भाइरसका कारण ६ महिना पछि धकेलिएको हो ।

कोरोनाकै कारण यस संस्करणको अवार्ड भर्चुवल रुपमा हुने भएको छ । अवार्डका लागि मञ्चले सोमबार भएको एक कार्यक्रमकाबीच हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लीसँग सम्झौता गरेको छ । सम्झौतापछि अवार्डलाई बजाज पल्सर स्पोर्टस अवार्ड हुने भएको छ ।

अवार्डले २०७६ सालमा नेपाली खेलकुदमा प्राप्त भएका उपलब्धिको सम्मान गरिनेछ । मञ्चले बर्ष खेलाडी महिला र पुरुष, उत्कृष्ट युवा खेलाडी, बर्ष प्रशिक्षक, पिपल्स चोइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल र उत्कृष्ट पारा एथ्लिट लगायतका बिधामा पुरस्कृत गर्नेछ ।

बर्ष खेलाडी पुरुष, महिला, पिपल्स चोइस र प्रशिक्षकले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य बिधाका बिजेताहरुले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

हंसराज हुलास चन्दका कम्पनी डिरेक्टर अभिमन्यु गोल्छाले अवार्ड भर्चुवल भएपनि मञ्चले गर्दै आएको कार्यलाई सराहना गर्दै यो बर्षको लागि पनि प्रायोजनको लागि सहमति जनाएको बताए ।

“भर्चुवल नै भएपनि यो पटकको अवार्ड टेलिभिजनको दर्शकलाई लक्ष्य गर्दै गरिएकोले पहिलेको भन्दा राम्रो देखिनेछ । त्यसमाथि पहिलेको तुलनामा ग्राण्ड नदेखिएपनि मञ्चले देशका लागि खेल्ने खेलाडीलाई दिदै आएको सम्मानलाई हामीले सम्मान गरेका हौं,” गोल्छाले भने ।

“मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले अवार्डलाई गर्नका लागि गोल्छाले जनाएको सहमतिलाई लिएर कृतज्ञता ज्ञापन गरे । हामीले हाम्रो पहिलो बैठक हुदा कसरी गर्ने भन्ने बिषयमा छलफल गरेको थियौं र कम्पनीका अध्यक्ष ज्यु (शेखर गोल्छा) ले नै यो पटक किन भर्चुवल नगर्ने भनेर सुझाव दिनु भएको थियो । त्यसैले यो अवार्डलाई सफलतापुर्वक सम्पन्न गर्न अब हामीलाई कुनै समस्या हुनेछैन । हामीसँग एक महिनाको समय छ र अवार्डको स्तर अघिल्लो बर्षभन्दा राम्रो हुने बिश्वस्त गराउन चाहन्छु,” सुवेदीले भने ।

कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष सञ्जिव शिल्पकार, उपाध्यक्ष ध्रुव तुलाधर र महासचिव प्रज्वल ओलीको पनि उपस्थिति रहेको थियो ।

Click to comment

Trending