राष्ट्रिय

फाइनल खेल्ने आशा जीवित राख्न बागमतीलाई १३० रनको लक्ष्य

Published

on

गौतम बुद्ध कपको फाइनल पुग्ने आशा जीवितै राख्न बागमतीले १३० रनको लक्ष्य पाएको छ । आजको खेलमा पराजित भएको खण्डमा बागमती प्रतियोगिताबाट बाहिरिने छ । हिजो भएको खेलमा बागमती नारायणीसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १२९ रन मात्र बनाउन सक्यो । बागमतीको तर्फबाट ओपनर अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावाकर र कप्तान बिनोद भण्डारीले समान २१-२१ रनको योगदान दिए ।

राप्तीका अन्य ब्याट्सम्यानमा कुशल भुर्तेल तीन, लोकेश बम १५, हरि चौहान पाँच, भुवन कार्की शुन्य, कमल सिंह ऐरी १६ रनमा आउट भए भने जितेन्द्र मुखिया र अविनाश बोहरा लर,क्रमश रनमा अविजित रहे ।

बागमतीका सोमपाल कामी, सागर ढकाल र रशिद खानले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending