Headline

वेष्ट इण्डिज लगातार दोश्रो ठूलो हारबाट जोगिन संघर्ष गर्दै

Published

on

न्युजिल्याण्ड वेष्ट इण्डिजबिरुद्धको दोश्रो टेस्टमा अर्को ठूलो जित नजिक पुगेको छ । वेलिङ्गटनमा तेश्रो दिन वेष्ट इण्डिज आफ्नो दोश्रो इनिङ्गसमा ठूलो पराजयबाट जोगिन संघर्षरत छ ।

पहिलो इनिङ्गसमा १ सय ३१ रनमै अल आउट हुदै आइतबार नै दोश्रो इनिङ्गसको शुरुवात गरेको वेष्ट इण्डिजले दिनको खेल सकिदा सम्म ६ विकेटको क्षतिमा २ सय ४४ रनमात्र बनाएको छ भने इनिङ्गस पराजयबाट बच्न उसलाई अझै ८५ रनको आवश्यकता रहेको छ ।

दोश्रो दिनको समाप्तिमा १ सय २२ रनमा आठ विकेट गुमाएको वेष्ट इण्डिजले बाकी दुई विकेट ९ रनमै गुमाएपछि पहिलो इनिङ्गसमा ४ सय ६० रन बनाएको न्युजिल्याण्डले ३ सय १८ रनको अग्रता लिएको थियो । फलो अन गराएपछि वेष्ट इण्डिजले तेश्रो दिन सुधारिएको ब्याटिङ्ग गर्यो तर उ अझै पनि ठूलो हारको नजिक पुगेको छ ।

१ सय ७० रनमै ६ विकेट गुमाएको वेष्ट इण्डिजलाई कप्तान जेसन होल्डर र जोसुवा डि सिल्भा ठूलो हारबाट बचाउन संघर्ष गर्दै छन् । दुई ब्याट्स्म्यानले सातौं विकेटका लागि नटआउट ७४ रनको साझेदारी गर्दा होल्डर ६० र डि सिल्भा २५ रनमा खेलिरहेका छन् ।

४१ रनमै दुई विकेट गुमाएको वेष्ट इण्डिजलाई तेश्रो विकेटका लागि जोन क्याम्पबेल र सम्राह ब्रुक्स (३६) ले ८९ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । क्याम्पबेलले सर्वाधिक ६८ रन बनाएका छन् । न्युजिल्याण्डका लागि पहिलो इनिङ्गसमा टिम साउदी र काइल जेमिसनले ५–५ विकेट लिए भने दोश्रो इनिङ्गसमा ट्रेन्ट बाउल्टले दुई विकेट हात पारेका थिए ।

घरेलु टोलीले हेन्री निकोल्सको शान्दार १ सय ७४ र निल वाग्नरको ६६ रनको मद्दतमा पहिलो इनिङ्गसमा ४ सय ६० रन जोडेको थियो । पहिलो टेस्टमा पनि वेष्ट इण्डिजले इनिङ्गस अन्तरको पराजय ब्यहोरेको थियो ।

Click to comment

Trending