Headline

प्रिमियर लिग आज: टोटनह्याम विरुद्ध क्रिस्टल प्यालेस, फुलह्यामसँग खेल्दै लिभरपुल 

Published

on

प्रिमियर लिगको शिर्ष स्थानमा रहेको टोटनह्यामले आज क्रिस्टल प्यालेसको सामना गर्दै छ । २४ अंकका साथ प्रिमियर लिगको पहिलो स्थानमा रहेको टोटनह्यामले १६ अंक सहित १३ औँ स्थानमा रहेको  क्रिस्टल प्यालेससँग अवेमा खेल्न लागेको हो ।

अघिल्लो प्रिमियर लिग खेलमा वेष्ट ब्रोमलाई ५-१ ले हराएको क्रिस्टल प्यालेसले टोटनह्याम विरुद्ध पछिल्ला १० खेलहरुमा एकमा पनि जित निकाल्न सकेको छैन ।

टोटनह्यामका सबै खेलाडीहरु फिट रहेको पनि प्रशिक्षक होजे मोउरिन्होले बताएका छन् । २०१५ को सिजन पछि उत्कृष्ट लयमा देखिएको टोटनह्यामलाई आजको खेलमा पनि ह्यारी केन र ह्युङ मिन सनको तालमेलले निकै फाईदा पुर्याउने छ । क्रिस्टल प्यालेसका लागि पनि विल्फ्रेड जहाको खेलले निकै असर पार्ने छ ।

लिड्स र वेष्ट ब्रोमलाई नमिठो हार चखाएको क्रिस्टल प्यालेस आजको यो खेलमा जित हात पारेमा नवौँ स्थानमा उक्लिने छ ।

यो खेल नेपाली समय अनुसार ८:०० बजे सुरु हुने छ ।

यस्तै चोटग्रस्त लिभरपुलले भने फुलह्याम विरुद्ध खेल्दै छ ।

आधी भन्दा बढी सिनियर खेलाडीहरुलाई चोटका कारण गुमाइसकेको लिभरपुलले यो खेलमा अर्का खेलाडी डिएगो जोटालाई पनि गुमाउन सक्ने सम्भावना बलियो छ । धेरै संचार माध्यमहरुको अनुसार डिएगो जोटाले अभ्यासमा आफ्नो घुँडामा चोट बोक्न पुगेको र उनी दुई महिना मैदान बहिर रहने बताउदै आएका छन् ।

चोटग्रस्त लिभरपुललाई आज पुरानै तीन फर्वार्डहरु मोहम्मेद सलाह, साडियो माने र फर्मिनिहोको भर हुने छ ।

यो खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

यस्तै नेपाली समय अनुसार रातको १:०० बजे हुने खेलमा भने लेस्टरले ब्राइटन र आर्सनलले बर्नली विरुद्ध खेल्ने छ ।

 

Click to comment

Trending