Headline

म्याड्रिड डर्बी: रियल म्याड्रिडद्वारा शिर्ष स्थानको एट्लेटिको पराजित

Published

on

च्याम्पियन्स लिग अन्तर्गत गर या मरको स्थितीमा बोरुसिया मोन्चेनग्याड्ब्याचसँग खेलेको तीन दिन पनि नबित्दै रियल म्याड्रिडले अर्को ठुलो जित निकालेको छ । रियलले म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडलाई २-० ले हराएको छ ।

रियल म्याड्रिडको जितमा एक गोल केसेमेरोले गरेका थिए भने अर्को गोल एट्लेटिकोका गोलरक्षक यान ओब्लाकलाई लाग्दै ‘सुसाइड गोल’ हुन पुगेको थियो ।  ड्यानी कार्भाहालले गरेको प्रहरलाई बचाउने क्रममा  ओब्लाकलाई लाग्दै दोस्रो गोल हुन पुगेको थियो ।

पहिलो हाफमा एट्लेटिकोलाई खेलमा जम्न नदिएको रियलले ४५ मिनेट निकै राम्रो खेल खेलेको थियो । पहिलो हाफमा एट्लेटिकोले एक सट पनि पोस्टमा राख्न सकेको थिएन । खेलको १० औँ मिनेटमा रियलका लागि पहिलो मौका बनाउने क्रममा कारीम बेन्जेमाले गरेको प्रहरलाई गोलरक्षक यान ओब्लाकले बचाउदै क्रसबारमा लाग्न पुगेको थियो । तर त्यस्को पाँच मिनेट पनि नबित्दै रियलले खेलमा अग्रता बनाएको थियो । रियलका लागि टोनी क्रुसले प्रहर गरेको कनरलाई दिशा दिदै केसेमेरोले हेडिङ गोल गरेका थिए ।

पहिलो हाफ १-० ले अग्रता लिएको रियल म्याड्रिडले दोस्रो हाफमा भने एट्लेटिकोलाई पहिलो हाफ जस्तो दवाबमा राख्न सकेको थिएन तर पनि रियल म्याड्रिडले भने दोस्रो हाफमा अर्को एक गोल थप्दै २-० को अग्रता लिएको थियो । रियलका लागि ड्यानी कार्भाहालले प्रहार गरेको उत्कृष्ट हाफ भलीलाई बचाउने क्रममा ओब्लाकलाई लाग्दै बलले जाली चुमेको थियो ।

जितसँगै रियल २६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने एट्लेटिको २७ र रियल सोसियाड २६ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

Click to comment

Trending