Headline

प्रिमियर लिग: एवर्टनसँग चेल्सी पराजित, म्यानचेस्टर डर्बी बराबरीमा

Published

on

गिल्फी सिगुर्सनको पेनाल्टी गोल महत्वपूर्ण बन्न पुग्दा एवर्टनले चेल्सीलाई १-० ले हराएको छ ।

गूडिसन पार्कमा भएको खेलमा एवर्टनका लागि एक मात्र गोल पेनाल्टी मार्फत सिगुर्सनले गरेका थिए । लिभरपुलसँग घरमा २-० ले पराजित भए यता एक खेलमा पनि पराजित नभएको चेल्सी एवर्टनसँग पराजित हुन पुगेको हो ।

चेल्सीले पहिलो हाफ देखी नै एवर्टनको दवाबमा बस्नु परेको थियो । खेलको तेस्रो मिनेट देखी नै मौका बनाएको एवर्टनका लागि रिचार्लीसन चुक्न पुगे । २२ औँ मिनेटमा भने एवर्टनले गोल गर्न पुग्यो । गोलरक्षक जोर्डन पिकफोर्डको लामो बललाई डिबक्समा पास लिना जाने क्रममा चेल्सीका गोलरक्षक एड्वार्डो मेन्डीले डोमिनिक कार्भर्ट लेविनलाई लडाए पछि पाएको पेनाल्टीलाई कप्तान सिगुर्सनले कुनै गल्ती गरेनन् ।

त्यस्को तीन मिनेट पनि नबित्दै चेल्सीका रिएस जेम्सले गरेको प्रहर पोस्टमा लग्न पुग्यो । दोस्रो हाफमा पनि एवर्टन माथि मौका बनाउन नसकेको चेल्सीले पोजेसन मात्र आफु राखे पनि फ्रेममा प्रहार भने गर्न सकेको थिएन । ८१ औँ मिनेटमा फेरी चेल्सीको प्रहर पोस्टमा लाग्न पुग्यो । जेम्सलाई लडाए पछि पाएको फ्रीकिकमा मेसन माउण्टको प्रहरले पिकफर्डलाई झुकाए पनि पोस्टमा लाग्दै फर्किएको थियो ।

हारसँगै चेल्सीले शिर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । एवर्टन भने जितका साथ सातौँ स्थानमा उक्लिएको छ ।

हिजै भएको म्यानचेस्टर डर्बीमा भने म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन् । बराबसँगै अंक बाडेका युनाइटेड र सिटी क्रमश: आठौँ र नवौँ स्थानमा रहेका छन् ।

गएको साता मात्रै च्याम्पियन्स लिगबात बाहिरिएको युनाइटेडले सिटीलाई बराबरीमा रोके पनि राम्रो प्रदर्शन भने गर्न सकेको थिएन ।  सिटीले पनि पाएका मौकाहरुलाइ सदुपयोग गर्न नसक्दा एक अंकमा चित्त बुझाउनु परेको हो ।

अन्य खेलहरुमा भने न्युकासलले वेष्ट ब्रोमलाई २-१ र एस्टन भिल्लाले वुल्भ्सलाई १-० ले हराएको छ ।

 

 

 

Click to comment

Trending