राष्ट्रिय

सुपर ओभरमा करण केसीले तुफानी ब्याटिङ गरे पछि नारायणीको रोमान्चक जित

Published

on

सुपर ओभरमा करण केसीले तुफानी ब्याटिङ गर्दै चार छक्का प्रहार प्रहार गरे पछि नारायणीले बागमती माथि गौतम बुद्ध कपमा रोमान्चक जित दर्ता गराएको छ ।

सुपर ओभरमा करणको २४ रनको मद्धत नारायणीले बागमतीलाई २५ रनको लक्ष्य दियो । जवाफी ब्याटिंङ गरेको बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले पनि तीन छक्का प्रहार गरे पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् ।

जितका लागि ११८ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको नारायणीले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा ११७ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो ।

नारायणीको लागि चौथों नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखले ४५ बलमा चार छक्का सहित सर्वाधिक ४४ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् ।

नारायणीद्वय रित गौतम र सुवास खकुरेल क्रमश पाँच र ११ रन जोडेर आउट भए भने इशान पाण्डेले पनि १३ रन भन्दा जोड्न सकेनन् । त्यस्तै सन्दिप जोर दुई तथा करण केसी नौं रनको पारी खेले ।

पारीको अन्त्य तिर सिद्धान्त लोहनीले १५ बलमा २० रन जोड्दै हारको नजिक पुगेको नारायणीलाई खेलमा फर्काएर सुपर ओभर सम्मको स्थितीमा पुर्याउन सफल भए ।

बागमतीका सोमपाल कामीले सर्वाधिक दुई विकेट हात पारे ।

यस अघि खराब सुरुवातका बाबजुद बिक्रम सोब र रशिद खानले आठौं विकेटका लागि ५९ जोडे पछि गौतम बुद्ध कप अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा ११७ रन मात्र बनाउन सक्यो ।

५० रनमा सात विकेटको गुमाएको अवस्था सोब र खानले ५९ रन जोड्दै बागमतीको पारी सम्हाले । ३० बलमा ३७ रन जोडेका सोब रनमा अविजित रहे भने खान २२ बलमा २७ रन जोड्दै दिपेश श्रेष्ठको बलमा आउट हुन पुगे । यस अघि ओपनर सुनिल धमलाले पनि ३२ बलमा ३७ रनको पारी खेले ।

बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल पाँच, रोहित कुमार पौडेल एक, अनिल साह गोल्डेन डकआउट भए भने पवन सर्राफ एक, प्रदिप ऐरी चार तथा सोमपाल कामी पनि रनको खाता खोल्न नसकी पेभेलियन फर्किए ।

बागमतीलाई सस्तैमा रोक्ने क्रममा शाहब आलमले सर्वाधिक तीन तथा दिपेश श्रेष्ठले दुई विकेट हात पारे ।

Click to comment

Trending