राष्ट्रिय

खराब सुरुवातका बाबजुद बागमतीको मध्यम योगफल

Published

on

खराब सुरुवातका बाबजुद बिक्रम सोब र रशिद खानले आठौं विकेटका लागि ५९ जोडे पछि गौतम बुद्ध कप अन्तर्गत आफ्नो पहिलो खेलमा बागमतीले नारायणीलाई ११८ रनको सामान्य लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा ११७ रन मात्र बनाउन सक्यो ।

५० रनमा सात विकेटको गुमाएको अवस्था सोब र खानले ५९ रन जोड्दै बागमतीको पारी सम्हाले । ३० बलमा ३७ रन जोडेका सोब रनमा अविजित रहे भने खान २२ बलमा २७ रन जोड्दै दिपेश श्रेष्ठको बलमा आउट हुन पुगे । यस अघि ओपनर सुनिल धमलाले पनि ३२ बलमा ३७ रनको पारी खेले ।

बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल पाँच, रोहित कुमार पौडेल एक, अनिल साह गोल्डेन डकआउट भए भने पवन सर्राफ एक, प्रदिप ऐरी चार तथा सोमपाल कामी पनि रनको खाता खोल्न नसकी पेभेलियन फर्किए ।

बागमतीलाई सस्तैमा रोक्ने क्रममा शाहब आलमले सर्वाधिक तीन तथा दिपेश श्रेष्ठले दुई विकेट हात पारे ।

Click to comment

Trending