राष्ट्रिय

गौतम बुद्ध कप आजबाट, पहिलो खेलमा बागमती र नारायणी भिड्दै

Published

on

गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती र नारायणी भिड्ने छन् ।

चितवन स्थित गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुने खेल बिहान ११:०० बजे सुरु हुनेछ । यस अघि ५० ओभरको खेल खेलाइने बताइए पनि चितवनको मौसमका कारण अब ट्वान्टी ट्वान्टी खेलाइने आयोजकले जनाएका छन् ।

आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमती र पारस खड्काको कप्तानीमा रहेको नारायणी बीच खेल हुने तालिका रहेको छ । तर कोरोना संक्रमण भएका कारण पारस भने उपस्थित नहुने भएका छन् । हिजो मात्र उनले सामाजिक संजाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जनाएका थिए ।

तीन टोली बीच राउण्ड रोबिन आधारमा प्रतिष्पर्धा हुनेछ भने शिर्ष दुई स्थान हात पार्ने टोलीले मंसिर ३० गते हुने फाइनलमा उपाधिका लागि भिड्ने छन् ।हाल बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई सहभागी गराउदै तीन टोलीको निर्माण गरिएको हो ।

दुई अघि मात्र बाग्मती प्रदेश क्रिकेट संघले बनाएको टोली अनुसार राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बाग्मतीको नेतृत्व गर्नेछन् भने पुर्व कप्तान पारस खड्काले नारायणीको र बिनोद भण्डारीले राप्ती टिमको कप्तानी सम्हाल्ने जनाएका थिए ।

प्रत्येक टोलीमा १४ खेलाडीहरुको सहभागित रहेको छ । ज्ञानेन्द्रको टिममा अनिल साह, सोमपाल कामी, रसिद खान, ललित नारायण राजबंशी, सागर ढकाल, रोहित कुमार पौडेल, पवन शर्राफ, सुनिल धमला, बिक्रम सोब, प्रदिप ऐरी, भिम सार्की, आकाश थापा र संघर्ष पौडेल रहेका छन् ।

पारसको टोलीमा सुभाष खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी श्रेष्ठ, शाहब आलम, आरिफ शेख, सन्दिप जोरा, रित गौतम, सिद्धान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ र विबेक यादव छन् ।

यस्तै भण्डारीको टोलीमा शदर भेषावकर, कुशल भुर्तेल, अविनास बोहोरा, कमल सिँह ऐरि, सुर्य तामाङ, भुवन कार्की, लोकस बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि बहादुर चौहान र स्वपनिल अधिकारी छन् ।

प्रतियोगिताको व्यवस्थापन पोखरा प्रिमियर लिग आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गर्नेछ ।

Click to comment

Trending