राष्ट्रिय

पारसलाई कोरोना संक्रमण 

Published

on

नेपाली रास्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ।

पारसले सामाजिक संजाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जनाएका हुन्।  पारसले आफुलाई अघिल्लो दुई दिन देखि कोरोनाको लक्ष्यण देखिए पछि आइसोलेसनमा बसेको र हिजो सांझ देखि गन्ध र स्वाद दुबै गुमाएको कारण आज जाँच गर्दा कोरोना भएको बताएका छन्।

पारसले कोरोनाका कारण भोलीबाट सुरु हुने गौतम बुद्ध कप पनि गुमाउने भएका छन्। पारस नारायणीको कप्तान रहेका थिए। पारसको टोलीमा सुभाष खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी श्रेष्ठ, शाहब आलम, आरिफ शेख, सन्दिप जोरा, रित गौतम, सिद्धान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ र विबेक यादव छन् ।

यस अघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने र बसन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको थियो भने उनीहरु अहिले पूर्ण रुपमा ठिक भैसकेका छन्।

Click to comment

Trending