Headline

विश्वकप छनोट अन्तर्गत बाँकी रहेका नेपालका खेलहरु मार्च २१ बाट 

Published

on

विश्वकप २०२२ र एसिया कप २०२३ छनोट अन्तर्गतका नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्न बाँकी रहेका तीन खेलहरु मार्च २१ बाट सुरु गरिने अखिल नेपाल फुटबल संघ  (एन्फा)ले जनाएको छ ।

एन्फाले जनाए अनुसार नेपालले २०२१ मार्च २५ मा चाइनिज ताइपे विरुद्ध घरमा आफ्नो पहिलो खेल खेल्ने छ भने ३० मार्च र अष्ट्रेलिया र ७ जुनमा जोर्डनसँग खेल्ने छ । खेलमा दर्शकको उपस्थिती बारे भने एन्फाले अहिले केही बताएको छैन ।

कोरोना भाईरसका कारण २०१९ मे मा हुनु पर्ने यी खेलहरु स्थगित भएको थियो ।

नेपाल रहेको समुहमा चाइनिज ताइपेइ,अष्ट्रेलिया,जोर्डन र कुवेत रहेका छन् । नेपालले पहिलो चरणका सबै र दोस्रो चरणको पहिलो खेलमा कुवेतको सामना गरिसकेको छ । दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतबिरुद्धको घरेलु खेल दशरथ रङशाला तयार हुन नसकेपछि भुटानमा खेलेको थियो जहाँ नेपाल १–० ले हारेको थियो । नेपालले कुवेतमा भएको अवे खेलमा भने ७–० को लज्जास्पद पराजय बेहोरेको थियो ।

नेपालले समुहमा निकालेको एक मात्र जितमा अवे खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । यस्तै अष्ट्रेलियाबिरुद्धको खेलमा नेपालले ५–० ले पराजित भएको थियो भने जोर्डनसँग पनि ३–० ले पराजित हुन पुगेको थियो ।

Click to comment

Trending