राष्ट्रिय

गौतम बुद्ध कपको तयारी (फोटो र भिडियो)

Published

on

बाग्मती प्रदेश क्रिकेट संघको आयोजनामा मंसिर २७ गतेदेखि शुरु हुन गइरहेको गौतम बुद्ध कपका लागि मैदान तयारी धमाधम जारी रहेको छ ।

चितवन स्थित गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा कुल तीन टोली बीच राउण्ड रोबिन आधारमा प्रतिष्पर्धा हुनेछ भने शिर्ष दुई स्थान हात पार्ने टोलीले मंसिर ३० गते हुने फाइनलमा उपाधिका लागि भिड्ने छन् ।

हाल बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई सहभागी गराउदै तीन टोलीको निर्माण गरिएको हो ।

दुई अघि मात्र बाग्मती प्रदेश क्रिकेट संघले बनाएको टोली अनुसार राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बाग्मतीको नेतृत्व गर्नेछन् भने पुर्व कप्तान पारस खड्काले नारायणीको र बिनोद भण्डारीले राप्ती टिमको कप्तानी सम्हाल्नेछन् ।

प्रत्येक टोलीमा १४ खेलाडीहरुको सहभागित रहेको छ । ज्ञानेन्द्रको टिममा अनिल साह, सोमपाल कामी, रसिद खान, ललित नारायण राजबंशी, सागर ढकाल, रोहित कुमार पौडेल, पवन शर्राफ, सुनिल धमला, बिक्रम सोब, प्रदिप ऐरी, भिम सार्की, आकाश थापा र संघर्ष पौडेल रहेका छन् ।

पारसको टोलीमा सुभाष खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी श्रेष्ठ, शाहब आलम, आरिफ शेख, सन्दिप जोरा, रित गौतम, सिद्धान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ र विबेक यादव छन् ।

यस्तै भण्डारीको टोलीमा शदर भेषावकर, कुशल भुर्तेल, अविनास बोहोरा, कमल सिँह ऐरि, सुर्य तामाङ, भुवन कार्की, लोकस बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि बहादुर चौहान र स्वपनिल अधिकारी छन् ।

प्रतियोगिताको व्यवस्थापन पोखरा प्रिमियर लिग आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गर्नेछ ।

हेर्नुहोस पुरा भिडियो 

Click to comment

Trending