Headline

अन्तिम समयमा बदलियो सोसिडाडको युरोपा भाग्य

Published

on

विलियन होजेले अन्तिम समयमा गोल गरेपछि रियल सोसिडाड नापोलीसँग १–१ को बराबरी खेल्दै युरोपा लिगको दोश्रो चरणमा प्रवेश गरेको छ ।

तर समुह एफमा स्पेनिस टोली सोसिडाडलाई बराबरीमात्रै पर्याप्त भने थिएन । उसका लागि समुहको अर्को परिणामले पनि साथ दिनु पर्ने थियो र भयौ त्यही नै । अर्को खेलमा राइकाले एजेड अल्कमारलाई २–१ ले स्तब्ध बनाएपछि सोसिडाड अर्को चरणमा पुगेको हो ।

यँग बोइज, मोल्डे, उल्फ्स्बर्ग र मकाबी तेल अभिभ पनि अन्य १८ टोलीसँगै अर्को चरणमा स्थान बनाउन सफल रहे भने च्याम्पियन्स लिगबाट बाहिरिएका आठ टोली पनि जोडिनेछन् ।

बिहिबारका दुवै खेलको निर्धारित ९० मिनेट सकिदासम्म सोसिडाड बाहिरिने जस्तो देखिएको थियो । नापोलीले अग्रता बनाइरहेको थियो अल्कमारले बराबरी खेल्दै थियो । तर होजेको ९२ औं मिनेटको गोलमा सोसिडाडको भाग्योदय भयो र अर्को तर्फ राइकाका लागि ९३ औं मिनेटमा इभान टोमचकले गोल गरेपछि अल्कमार बाहिरिन पुग्यो ।

नापोली बराबरीपछि समुह बिजेता बन्यो भने सोसिडाड अल्कमार भन्दा एक अंक बढी बटुल्दै उपबिजेतको रुपमा अर्को चरण प्रवेश गर्यो ।

इङ्गलिस प्रिमियर लिग क्लबहरु आर्सनल, टोटेन्ह्याम हटस्पर र लेस्टर सिटीले पनि बिहिबार आ–आफ्ना खेलमा जित हात पारे । आर्सनलले सबै ६ खेल जित्ने क्रममा डुन्डल्कलाई ४–२ ले पराजित गर्यो । लेस्टर सिटी रोयल एन्टवर्प र टोटेन्ह्याम एइके एथेन्सलाई पराजित गर्दै समुह बिजेता बने । त्यस्तै एसि मिलान पनि स्पार्टा प्रागलाई हराउदै आफ्नो समुहको बिजेता बन्यो ।

Click to comment

Trending