Headline

राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका स्विडिस प्रशिक्षक योहान कालिनले मुख्य प्रशिक्षकको पदबाट राजिनामा दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएका छ । यस्तै एन्फाले कालिनको रजिनामा पछि कार्यबाहक प्रशिक्षकको रुपमा बालगोपाल महर्जनलाई बोलाउने समेत निर्णय गरेको छ ।

कालिनले दिएको राजीनामा पत्रलाई बिहिबार अखिल नेपाल फुटबल संघको मुख्यालयमा बसेको कार्यसमिति बैठकले स्वीकृत गरेको थियो ।

२०१९ को मार्च १ बाट राष्ट्रिय टोली हेरेका कालिनको नेतृत्वमा नेपालले १२ खेल खेल्दा १ जित, ३ बराबर र ८ हारको नतिजा निकालेको थियो ।

कोरोना भाईरसको महामरीको बिचमा आफ्नो घर स्वीडेन गएका कालिन फर्किन सम्भव नभए पछि आफ्नो पदबाट रजिनामा दिएका हुन् ।

कालिन पछि अर्को विदेशी प्रशिक्षक भित्र्याउनका लागि एन्फाले नियुक्ति प्रक्रिया चाडैं सुरु गर्नु पर्ने छ । फिफाका प्रतियोगिताहरुमा कुनै पनि राष्ट्रिय टोलीको प्रशिक्षक हुन प्रो लाइसेन्स अनिवार्य भएकाले नेपाललाई विदेशी प्रशिक्षक नभित्र्याइ सुख छैन ।

Click to comment

Trending