Headline

अम्पायरको काखीमा डियोड्रन्टको बिज्ञापन

Published

on

क्रिकेटमा बिज्ञापन अब त्यहा पनि पुग्ने भएको छ जहाँ यसअघि कहिल्यै पुगेको थिएन । बिहिबारदेखि शुरु हुन गइरहेको अष्ट्रेलियन बिग ब्यास लिगमा अम्पायरहरुले काखीमा पनि बिज्ञापन गर्ने भएका छन् ।

क्रिकेट अष्ट्रेलियाले अष्ट्रेलियन डियोड्रन्ट ब्राण्ड रेक्सोनासँग गरेको नयाँ सम्झौता अनुसार अम्पायरहरुले उक्त कम्पनीको लोगो आफ्नो काखी मुनि राख्ने भएका छन् । यो सम्झौता अनुसार अम्पायरहरुले छक्काको सिग्नल गर्ने क्रममा दुवै हात माथि उठाउदा डियोड्रन्टको लोगो देखिनेछ ।

बिशेषगरि यो टेलिभिजनका दर्शकहरुको लागि टार्गेट गर्दै गरिएको बिज्ञापन अभियान हो । संसारमै पहिलो पटक यस्तो बिज्ञापन गरेको दाबी गरेको रेक्सोनाले पहिले नै बिज्ञापनहरु लस्कर लागेर आफ्नो लागि कुनै स्थान नबच्दा अम्पायरहरुको काँध मुनिको ठाँउ रोजेका हुन् ।

खेलाडीहरुको जर्सी बिज्ञापनले भरिभराउ रहे पनि अम्पायरहरुमा भने बिज्ञापनको लागि पर्याप्त स्पेस हुने गर्दछ । बिहिबार हुने उद्घाटन खेलमा होबार्ट हुरिकेन्स र डिफेन्डिङ्ग च्याम्पियन सिड्नी सिक्सर्स भिड्दै गर्दा अम्पायरहरुले गरेको छक्काको इशाराका दौरान यो बिज्ञापन देखिनेछ ।

ट्वान्टी ट्वान्टी क्रिकेटमा छक्काको बर्षात हुने गरेको कारण रेक्सोनाले यसको भरपुल फाइदा उठाएको भन्दै ठट्टा गर्नेहरु पनि प्रशस्तै आएका छन् ।

कोरोना भाइरस महामारीले गर्दा बिश्व नै आर्थिक संकटबाट गुज्रिएपनि क्रिकेट अष्ट्रेलियाले भने यो सिजन ७० मिलियन डलरको किर्तिमानी प्रायोजन प्राप्त गरेको छ ।

Click to comment

Trending