Headline

इटालियन लेजेण्ड पाओलो रोस्सीको ६४ वर्षको उमेरमा मृत्‍यु

Published

on

इटालियन फुटबलका लेजेन्ड पाओलो रोस्सीको ६४ वर्षको उमेरमा बिहीवार निधन भएको छ । गएको अक्टोबरमा ६४ वर्ष लागेका रोस्सी दुई महिना देखी बिरामी परेका थिए ।

इटालियन संचार मध्यामहरुले रोस्सीको निधनको खबर बिहीबार बिहानै सर्वजनिक गरेका थिए । इटालीले स्पेनमा भएको १९८२ को विश्वकप जित्दा रोस्सी निकै महत्वपूर्ण खेलाडी थिए । आफ्नो क्लब जीवनमा युभेन्टस र एसी मिलनबाट खेलेका रोस्सीले १९८२ को विश्वकपमा इटालीका लागि ६ गोल गर्नुका साथै गोल्डेन बल र गोल्डेन बुट दुवै जितेका थिए ।

ब्राजिलका रोनाल्डो नजरियोले २००२ मा गोल्डेन बल र गोल्डेन बुट जित्नु अघी सबै भन्दा पहिले विश्वकपको गोल्डेन बल र बुट जित्ने किर्तिमान रोस्सीको नाममा रहेको थियो ।

रोस्सीले १९८२ मा इटालीका लागि विश्वकप र क्लब फुटबलमा पनि उतिकै योगदान पुराएका कारण १९८२ को बालोन डि’ओर सम्म जितेका थिए ।

रोस्सीले इटालीका लागि ४८ खेल खेल्दै २० गोल गरेका थिए ।

रोस्सीलाई मिलानमा पब्लिटोको उपनामले पनि दिइएको थियो । उनले क्लब जीवनमा कुल ३३८ खेल खेल्दै १३४ गोल पनि गरेका थिए ।

रोस्सीले युभेन्टसलाई सिरी आ जिताउनुका साथ-साथै युरोपियन च्याम्पियनशिप पनि जिताएका थिए ।

 

Click to comment

Trending