Headline

बायर्न च्याम्पियन्स लिगमा लगातार १७ खेल अपराजित

Published

on

डिफेन्डिङ्ग च्याम्पियन बायर्न म्युनिख लोकोमोटिभ मस्कोलाई समुह चरणको अन्तिम खेलमा लोकोमोटिभ मस्कोलाई २–० ले हराउदै च्याम्पियन्स लिगमा लगातार १७ खेल अपराजित रहेको छ ।

गत सिजन उपाधि जित्ने क्रममा लगातार ११ खेल जितेको बायर्नले यो सिजनको मात्र एक समुह चरणको खेलमा बराबरी गरेको छ । समुह ए मा बायर्न १६ अंक सहित अन्तिम १६ मा प्रवेश गरेको हो भने एट्लेटिको म्याड्रिड उपबिजेताको रुपमा ९ अंक सहित अर्को चरण पुगेको हो ।

एलायन्ज एरिनामा भएको खेलमा निक्लास सुलेको सशक्त हेडरमा बायर्नले अग्रता लिएको थियो भने एरिक म्याक्सिम चुपो–मोटिङले जित सुनिश्चित पारेका थिए । दुवै गोल खेलको दोश्रो हाफमा भएको थियो । बायर्न यसअघि नै समुह चरणको बिजेताको रुपमा प्रि–क्वार्टरफाइनल प्रवेश गर्ने तय भइसकेको थियो ।

अर्को महत्वपूर्ण खेलमा एट्लेटिकोले आरबी साल्जबर्गलाई २–० ले हराएको हो । साल्जबर्गले जितेको खण्डमा उ नै अन्तिम १६ मा प्रवेश गर्ने थियो । ह्यान्सि फ्लिकको टोली स्ट्राइकर रोबर्ट लेवान्डोस्कीबिना मैदान उत्रिएको थियो र अझै ठूलो अन्तरले खेल जित्न सक्ने थियो ।

बायर्नले च्याम्पियन्स लिगमा सबैभन्दा बढी लगातर खेल जित्ने इतिहास आफ्नो नाममा लेखाइसकेको छ भने अब उसको आखा म्यानचेस्ट युनाइटेडको सबैभन्दा लामो अपराजित यात्राको किर्तिमानमा रहेको छ । तर यसको लागि बायर्न अर्को सिजनसम्म नै अपराजित रहनु पर्नेछ ।

म्यानचेस्टर युनाइटेडको नाममा च्याम्पियन्स लिग इतिहासमा एलेक्स फर्गुसन व्यवस्थापक रहदा २००७ देखि २००९ सम्मको सिजनमा लगातार २५ खेल अपराजित रहेको किर्तिमान रहेको छ । दोश्रो स्थानमा संयुक्त रुपमा डच टोली बायर्न र आयाक्स रहेका छन् ।

आयाक्स १९९४ देखि १९९६ सम्मको सिजनमा र बायर्न २००१ देखि २००२ सम्मको सिजनमा १९ खेल अपराजित रहेका थिए । बार्सिलोना र युनाइटेडकै १६ खेलको अर्को अपराजित किर्तिमान रहेको छ ।

Click to comment

Trending