Headline

बेन्जेमा चम्किदा रियल म्याड्रिड अर्को चरणमा 

Published

on

करीम बेन्जेमाले दुई गो गरे पछी रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरमा भएको खेलमा रियलले गर या मरको स्थितीमा बोरुसिया मोचेनग्ल्याड्ब्याचलाई २-० ले हराउदै अर्को चरणमा प्रवेश गरेको हो ।

रियल म्याड्रिडले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेको थियो । रियलका लागि पहिलो गोल लुकास भाज्केजको क्रसमा बेन्जेमाले हेडर मार्फत गरेका थिए । रियलले मोचेनग्ल्याड्ब्याचलाई पहिलो हाफमा निकै दवाबमा राख्न सफल भएको थियो । रियलले पहिलो हाफमा बल पोजेसन आँफै जमाइराखेको थियो ।

लगातार मौका बनाएको रियलले ३२ औं मिनेटमा भने अग्र्ता दोब्बर बनायो । बेन्जेमाले रोड्रीगोको क्रसमा हेडरमार्फत नै गोल गर्दै रियललाई २-० को अग्रता दिलाएका थिए ।

रियलले राम्रो मौकाहरु गोल गर्न नसक्नुको कारण मोचेनग्ल्याड्ब्याचका गोलरक्षक यान सोमर बन्न पुगे । उनले निकै राम्राा बचाउहरु गरेका थिए ।

रियलले खेल भरी १९ प्रहर गर्दा सात प्रहारले पोस्टको दिशा लिए पनि गोलरक्षक यान सोमरले निकै राम्रा बचाउहरु गरेका थिए ।

जितसँगै रियल म्याड्रिड समुह बिजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । रियलसँग पराजित भएको मोचेनग्ल्याड्ब्याच पनि  इन्टर मिलान र शख्तार दोनेक्सले गोलरहित बराबरी खेले पछी अर्को चरणमा प्रवेश गरेको छ ।

रियलले ६ खेलमा १० अंक जोड्दा ग्लाडबाक र शाख्तरको समान ८-८ अंक रहयो । हेड टु हेडमा पछि परेको शाख्तरले युरोपा लिग खेल्नेछ । ६ अंकसहित पुछारमा रहेको इन्टर मिलान च्याम्पियन्स लिगबाट बहिरिएको छ ।

यस्तै हिजो भएको अन्य खेलहरुमा पिएसजीले इस्तानाबुल बसिकशेहरलाई ५-१ ले पराजित गर्दा नेमारले ह्याट्रिक गरेका थिए भने किलियन एमबाप्पेले दुई गोल गरेका थिए । यस्तै म्यानचेस्टर सिटिले मार्सेलाई ३-०, बायर्नले लोकोमोटिभ मोस्कोलाई २-०, एट्लेटिको म्याड्रिडले साल्जबर्गलाई २-० र पोर्टोले ओलम्पियाकोसलाई २-० ले हराएको छ ।

Click to comment

Trending